
टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको (२०२१-२३ का लागि) प्रमाणित सदस्यहरुहरुको नामावली प्रकाशन गरिएको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले सन २०२१-२०२३ कार्यकालका लागि गत फेब्रुवरी २५ देखि अप्रिल ३० सम्म, निश्चित मापदण्ड तोकी सदस्यता आह्वान गरेको थियो । सोही अवधीमा बनेका सदस्यहरुको नामावली हिजो(मे २६ तारिख) प्रकाशन गरीएको हो । एनआरएनए जापान सदस्य प्रमाणीकरण समितिद्वारा जारी विज्ञप्तीका अनुसार यस पटक ९ हजार २ सय ७३ जना आवेदकहरुको सदस्यता प्रमाणीकरण भईसकेको छ भने, ७ सय ७० जनाको सदस्यता आवेदन अझै प्रमाणिकरण हुनै बाकीँ छ । ३४ जनाको आवेदनकहरुको भने, आवेदन बदर गरिएको छ । प्रमाणिकर समितिका सदस्य तथा संस्थाका प्रवक्ता सिद्धार्थ श्रेष्ठका अनुसार एउटै आईडीबाट दोहोरिएर प्राप्त भएका आवेदनहरुलाई बदर गरिएको हो ।
प्रमाणित भएका सदस्यहरुको नामावली
एनआरएनए जापानले, प्रकाशित सदस्यता नामावलीमा कुनै दावी बिरोध रहेमा यही मे २८ तारीक साँझ ११ : ५ ९ बजे ( जापान समय ) सम्म NRNA NCC Japan को इमेल : nrnanccjpn@gmail.com मा लिखितरुपमा दावी गर्न सकिने जानकारी गराएको छ । साथै प्रामाणिकरण हुन बाँकी आवेदनहरुको सवालमा सम्बन्धित व्यक्ति लाई प्रमाणीकरण हुन बाँकी रहेको कारण सहित इमेल पठाइएकोले आफ्नो इमेल चेक गरी सोही बमोजिम आफ्नो आवेदन यही मे ३१ तारीक साँझ ११ : ५ ९ बजे ( जापान समय ) भित्र पठाउनको निम्ति अनुरोध गर्दै, उक्त समय भित्र पूर्ण नभएका आवेदनहरु स्वतः बदर हुने बताईएको छ ।
प्रमाणित भैसकेका सदस्यहरुले आफ्नो इमेल
अथवा फोन नम्बरहरु पुन: चेकगरी केहि गलत भएमा निर्वाचन मिति( जुलाई २७ , २०२१ )को २ साता पहिला नै सच्याई सक्नु पर्नेछ । साथै कतिपय आवेदकहरुले अन्लाईन पेमेन्ट गरेको रसिद राखेका भएपनि एनआरएनए जापानको बैंक खातामा उक्त रकम नआएकोले त्यस्तो आवेदनहरुलाई पनि कारणसहित इमेल गरीएकोले तत्काल प्रतिकृया जनाउनका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




