
खासमा यता जापान आउनुको एक मात्रै ध्येय त आफ्नो निजी जीवन आर्थिकरुपमा सहज र सबल बनाउँनु नै थियो। त्यसैका लागि, र शुरुमा त मात्र मामका लागि काम खोजियो। मामका लागि गरिने कामले दिने गरेका कष्टहरू अचाक्ली तीता हुन्थे। त्यतिबेला आड भरोसा दिनसक्ने नेपाली मनहरूसँग जान पहिचान नभएर पनि होला, कोही पनि भेटिदैनथे। यो मन त्यसै त्यसै फतक्कै गलेर आउँथ्यो, अनि त्यति नै बेला आफ्नो मातृभूमि याद भएर टुप्लुकै यहीँ आइपुग्थ्यो, र त्यही यादसँगै अँगालो मारेर खूब रोइन्थ्यो। तब जिउ अलिक हलुङ्गो भएर आउँथ्यो, अनि फेरि काममा लागिन्थ्यो रोजीरोटीका लागि।
मेरा यस्तै यस्तै अनुभवहरुनै अहिले आएर मलाई हाल जापानमा नवआगन्तुकका रुपमा रहेका भाइबहिनीहरूलाई आफुले सकेको केही गरुँ गरुँ लाग्ने प्रेरणाका श्रोत भएका छन्। त्यसैका लागि साथी सङ्गीहरूसँग हातेमालो हुन्छ। सकेको गरिन्छ पनि, गर्न पाएपछि सन्तोष पनि लाग्छ, मजा पनि लाग्छ।
यस्तै सेवा गर्दा साथीहरूले पनि तालीको मेवा दिन्छन्। म फुरुङ्ग हुँदै भुरुङ भएर नाचिदिन्छु। फेरि नाच्न पनि जान्नुपर्दो रहेछ। नाच्न नजानेर कैले कैले त कसैसँग दुखाउँने गरी ठोकिएर होला साथीहरूले गाली पनि दिन्छन्। गालीहरूले मलाई होसमा ल्याउँछन्, नमात्तिन भन्छन्, सम्हालिन भन्छन्। त्यसैले ताली र गालीहरू मेरो सामाजिक जीवनका सारथी हुन्, मेरा मार्गदर्शक हुन्। तिनै समस्त ताली र गालीहरूलाई मेरो सलाम! दुबैप्रति म बराबर नतमस्तक छु र नतमस्तक रहिरहने छु।
हुन त मेरो आफ्नै व्यक्तिगत जीवन पनि किन नहुनु? मेरा पनि स-साना लालाबाला छन्। पतिदेव छन्। मेरो घरमा पनि नेपाली संस्कार संस्कृति छ। एउटी नेपाली श्रीमती र आमाका रुपमा मेरा पनि बोक्नु पर्नै थुप्रै पोका पन्तराहरू पनि छन्। म आफैले तिनीहरूलाई नबोकी हिँड्दा म आफैलाई पनि टर्रो लाग्छ। म एउटी सेविका घरमा ढिला पुगेका दिन मेरा भुराभुरीहरू म आउँने बाटाभरी आँखा पसारेर पर्खिरहेका पाइन्छन्। तब मलाई लज्जा बोध त हुन्छ। तर के गरुँ? फेरि फोन आइदिन्छ। कसैलाई फेरि सकस परेको सुनिन्छ, कसैलाई मर्का परेको सुनिन्छ। त्यति भएपछि मन पनि थामिदैन। भोलिपल्ट सखारै फेरि त्यस्तै कामका लागि घरबाट निकिन्छु, फर्किँदा फेरि त्यस्तै अबेर साँझ भैसकेको हुन्छ। मेरो यो शैली अब त मेरो अम्मल पनि भैसक्यो, म छोड्न पनि सक्दिनँ।
त्यसैले अब त बुझ्नेले कुरा बुझिदिए पनि हुन्थ्यो झैँ लाग्छ। सेवाका लागि अझै बोझिला भारीहरू बोकाइदिए हुन्थ्यो झैँ लाग्छ। ताली र गालीहरूको तिर्सना कहिल्यै नमेटिदोरहेछ। अझै धेरै ताली गालीहरू खाइरहन पाए हुन्थ्यो झैँ लाग्छ।
(संगिता अधिकारी सुवेदी, हाल एनआरएनए जापानकी महिला संयोजक हुन् )
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




