{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1622597005525","source":"other","origin":"gallery","sources":["276135311001201"]}

टोकियो/जापान । एनआरएनए जापानको छानबिन समितिले आफुले पाएको ज़िम्मेवारी र एनआरएन जापान भित्र रहेका विविध विषयहरुलाई अध्ययन गरी निष्कर्षमा पुगेको बताएको छ।

एनआरएनए जापानमा सन २०१५ को भूकम्पमा उठेको रकम देखि नेपाल फ़ेस्टिवल आयोजना गर्दाको रकम, तथा अन्य विविध कार्यक्रम गर्दाखेरीको आर्थिक लेनदेनसम्म प्राय सबैमा आरोप लाग्ने गरेको छ । सोहि अनुरुप छानबिन समितिले पटक पटक जापानवासी नेपाली समुदायलाई प्रमाण भए पेशगर्न अनुरोध गरीएको थियो ।

आफु स्थापक अध्यक्ष रहेको र जापानको एनआरएनमा निरन्तर नजिकबाट हेरीरहेकोले पटक पटक अनिमियताको आरोप लागेको एनआरएन भित्र वास्तवमा के भएको हो भनेर बुझ्नको लागि सन २०१५ देखी सन २०२० नोवेम्बर सम्मको सम्पूर्ण खाता पाता , बिल भरपाईहरू एक एक गरी ज़ाचग़र्ने ,सम्बंधित व्यक्तिलाई बोलाएर सोधपूछ ग़र्ने जस्ता जटिलकार्यले छानबिन समय लम्बीएको संयोजक राजन प्रधानंगले जानकारी दिनुभयो।

एन आर एन जापानमा छानबिन समितिको गठन भए पश्चात अन्य उजूरि पनि पर्न आएको छ । व्यक्तिले पदीय प्रयोग गरी व्यक्तिगत रूपले कार्यगरेको र त्यसमा समेत रक़म हिनामीना गरेको गुनासाहरू , एनआरएन दर्ता प्रक्रियाको बारेमा पनि उजुरी आएकोले आफुहरूलाई कार्यभार थप भएकोले तोकीएको बिसयमा मात्र अनुसंधानले सत्यतथ्य बाहिर नआउने हुनाले छानबिन समितिका सबैजनाले समय दिई तदारुकताका साथ काम गर्दै गर्दा पनि केहि समय लाग्न गएको परप्रेक्ष्यमा जापानबाशी नेपालीहरू र विश्वका एनआरएनएहरूले चासोको साथ हेरीरहेको एनआरएन जापानमा भएको के हो त ? भनेर छानबिन गर्नु आफ़्नो दायित्व पनि हो भन्ने अठोटका एबम हौसला मिलेको संयोजकले बताउनु भयो।

जापानवासी नेपालीहरूको लामो समयको प्रतीक्षा पछि पत्रकार सम्मेलन मार्फ़त निम्न मिति  र समय मा छानबिन समितिले प्रतिवेदन बुझाउने एबम सार्बजनिक गर्ने जानकारी समितिका सदस्य सचिब डा.बलराम श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार यहि आउँदो आईताबार जुन ६ तारिख दिउँसो ३ बजे टोकियोमा प्रतिवेदन बुझाउने तथा पत्रकार सम्मेलन गरिने छ । स्थान भने अझै खुलाईएको छैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार