
टोकियो/जापान । एनआरएनए जापानको विभिन्न चरणमा भएका अनियमितताहरुको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आइसीसी केन्द्रलाई आफ्नो प्रतिबेदन हस्तान्तरण गरेको छ ।
६ महिना लामो छानबिन पछि समितिले एनआरएनए जापान विभिन्न समयमा आर्थिक अनियमितता भएको निष्कर्ष सहितको प्रतिबेदन आज आइसिसि एसिया प्यासिफिकका संयोजक गोबिन्दप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरेको हो । विभिन्न व्यक्तिको नाममा सस्थाको खाताबाट ठुलो रकम निकालिएको भएपनि कुन प्रयोजनका लागि निकालिएको भन्ने उद्देश्य खुल्न नसकेको प्रतिबेदनमा जनाइएको छ ।
भूकम्पका लागि संकलन गरिएको राहत रकम, विभिन्न समयमा आयोजना गरिएका फेस्टिवल, जापानमा मृत्यु भएका नेपालीहरुको बिमा रकम देखि कार्यालयको भाडा समेतमा समेत आर्थिक पारदर्शिता नदेखिएको छानबिन समितिको निष्कर्ष निकालेको छ ।
कार्यालयमा लेखा सम्बन्धि कर्मचारी राख्नु पर्ने, सस्थाको हिसाब पारदर्शी गराउनाका लागि अडिट गर्ने व्यवस्था मिलाउन पर्ने लगाएतका सुझाबहरु समेत समेटिएको छानबिन समितिका सदस्य डा. बलराम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




