
टोकियो/जापान । पछिल्ला समयमा गैरआवासीय नेपाली संघ जापान तथा बर्तमान अध्यक्षसंग जोडिएर आएका विविध आर्थिक अपचलनका घटनाका कारण सम्पूर्ण कार्यसमितिसंगै संस्थाको गरिमा माथीनै प्रश्न उठेको भन्दै,कार्यसमितिका बहुमत पदाधिकारीहरुले एनआरएनए आईसिसि समक्ष निष्पक्ष छानबिनका लागि औपचारिक अनुरोध गरेका छन् ।
कार्यसमितिका वरिष्ठ उपाध्यक्ष देखि सदस्यसम्मका २२ जना पदाधिकारीहरुद्वारा हस्ताक्षर गरिएको निवेदन पत्रमा, एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीप्रति यतिखेर लागिरहेका आरोपहरु र त्यसका कारण संस्थाको छविमा परेको असरहरुको उल्लेख गर्दै, निष्पक्ष छानबिन गरि संस्थाको गरिमा जोगाउन आवश्यक पहल गर्नका लागि
आईसिसि अध्यक्ष, कुमार पन्तलाई सम्बोधन गरी अनुरोध गरिएको छ ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणा( नेपाली राजदूतावास),गोबिन्द श्रेष्ठ(डिआरसी एसिया क्षेत्र),पारसमणी पोखरेल (आरसी एसिया क्षेत्र),देबिलाल भण्डारी( एनआरएनए जापान)लाई बोधार्थ गरिएको निवेदनमा,लागेका आरोपहरुमा उच्चस्तरीय छानबिन समिति गठन गरि सत्य,तथ्य र निष्पक्ष छानबिन गरि स्पष्ट पारिदिन अनुरोध गरिएको छ । निवेदकहरुले भर्खरै मात्रै उच्चस्तरीय छानबीन समितिद्वारा बुझाईएको प्रतिवेदनले पनि प्रष्टरुपमा कसले, कहाँ के कति अपचलन गर्यो भन्ने स्पष्ट नपारेकाले अन्यौलता सिर्जना गरेको तर्फ पनि संकेत गरेका छन् ।
निवेदकहरुले आरोपित वर्तमान अध्यक्ष भण्डारीले नैतिकताको आधारमा राजिनमा दिई छानबिनका लागि मार्ग प्रसस्त गरिदिन अनुरोध पनि गरेका छन् । थप हेर्नुहोस् निवेदन जस्ताको तस्तै

निवेदक २२ जना मध्ये, सदस्य द्वय राजेश खनाल र सुरेश गिरीले भने यस अघिनै राजिनामा दिएको घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




