टोकियो/जापान । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिबेशन नजिकीदै गर्दा उमेदवारि दिने हरु क्रम पनि बढदै छन । यसै क्रममा वर्तमान कार्यसमितिका सचिब समेत रहेका बिष्णु प्रसाद घिमिरेले उपाध्यक्षको दाबेदारी सहित उमेदवारी घोषणा गरेका छन।

सामाजिक अभियानमा सक्रिय घिमिरे एनआरएनए अभियानमा एन आरएनए नागोया क्षेत्रीय समिति उप-संयोजक (२०११-२०१३) बाट क्षेत्रीय संयोजक हुदै बिगत ११ वर्ष देखी निरन्तर अभियान मा सक्रिया रुपमा लाग्दै आएका छन । अभियानका अग्रज देखी अनुज सम्म आफुलाई सहज रूपमा उपस्थित गराऊन र घुलमिल हुन सक्ने सवल पक्ष भएका घिमिरे साहित्य उनको अर्कों रुचिको बिषय हो । अन्तराष्ट्रीय नेपाली साहित्य समाज जापानको नेतृत्व गरी सकेका घिमिरे ले आफ्नो फुटकर कबिता संग्रह “एक्लो बिजेता “ प्रकाशन गरेका छन । मियकेनको योक्काईचीमा रहेर ब्यापर ब्यवसाय गर्दै आएका ऊनी योकाइचि कै किता रोटरी मा सदस्यका रूपमा काम गर्दै आएका छन । घिमिरेको आफनै सक्रियाता मा सोही क्लबबाट चितवनको दुइ बिधलायालाई बिभिन्न सहयोग हस्तान्तरणको अन्तिम चरणमा रहेको बताऊछन । अन्य बिभिन्न संघ संस्थामा समेत क्रियाशील भई सामाजिक कार्यमा लागेका उनि एन आर एन अभियानलाई प्रमुखता का रूपमा राख्छन ।

बिभिन्न सामाजिक अभियानको अनुभव र एन आर एन प्रतिको लगाब नै आफ्नो उमेदवारिको प्रमुख कारण रहेको बताउने घिमिरे हिजो का केही कमीकमजोरीले खस्कीदै गएको एन आर एन ए जापानको साख लाई उच्च बनाऊन लाग्नु लाई प्रमुख दायित्व ठान्दछन । जापानबासी नेपालीको हर सुख दुःख मा अभिभाबकत्व दिलाऊँन सकेमा संस्थाको साख बढ़नेमा आफु निश्चित रहेकोले सोही कार्य आफ्नो प्राथमिकतामा रहने बताऊछन ।

सामाजिक सेवामा लागि सकेपछि अभियानकर्मी स्वच्छ हुनु र संस्थालाई पारदर्शिता मा राख्नु स्वाभाविक कार्य भन्दै चुनाव नजिकिदै गर्दा २-४ पेज लामो प्रतिवद्दता पेश गर्ने संस्थामा पुगेपछि सबै भुल्ने परिपाटी भन्दा आँफु भिन्न रहेको जनाउँदै ,अहिले सम्मको सामाजिक सक्रियाताको मूल्यंकन गर्दै विजयी गराइदिनुहुन जापानबासी नेपालीहरु माझ अनुरोध गर्छन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार