टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल,सन २०२१ -२३) का लागि राजेश खनालले युवा यंयोजक पदमा उमेद्वारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सदस्य पदमा कृयाशिल खनालले आफ्नो घोषणामा जापानवासी नेपालीहरुलाई यसरी सम्बोधन गरेका छन्
आदरणिय,
आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु । सर्बप्रथम यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRN जापान च्याप्टरको सदस्य पदमा भारीमतले बिजय गराउनु भएकोमा आभार सहित धेरैधेरै धन्यबाद ट्रक्राउदछु । मैले यस समितीमा बसेर गरेका कामका बारेमा यहाँहरु जानकार हुदैहुनुहुन्छ । आदरणिय दाजुभाई तथा दिदीबहिनी हरु यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ। यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउदै आएको छु। मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाई नै रहनेछु तथापि समिति भित्र बसेर बोल्दा जति त्यसको सार्थकता हुन्छ त्यति बाहिर बाट बोल्दा हुदैन । यस कुरालाई मनन गर्नका साथै धेरै अभिभावकज्युहरुले म माथि भरोसा राखी उमेदवारी दिन आग्रह गर्नु भएको हुँदा मैले सन् २०२१-२०२३ का लागि ” युवा सँयोजक ” जापान पदमा उमेदवारी दिएको छु । मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि माया गर्नुहुनेछ । आदरणिय अभिभावक शुभचिन्तक तथा मित्रहरु । म यँहा हरुलाई स्मरण गराउन चाहान्छु कि हामि नेपाल आमाको काख अनी तमाम नातागोता इस्टमित्र र आफन्तको साथ छोडेर प्रदेस आएका छौ । अर्काको मुलुकमा आप्रवासी जिवन बिताईरहँदा कति किसिमका कठिनाईहरु आई प्रर्दछन भन्ने कुरा यँहाहरुलाई थाहा नै छ । तिनै समस्याको समाधानका लागि NRN गठन भएको हो। यस दिशामा प्रस्तुत सँगठनले केहि काम गरेको छ तर अझ धेरै काम गर्न बाँकि छ। यसभित्र केहि खराबी मौलाउदै गएको पनि देखिएको छ। गलत प्रवृति हरुलाई पराष्त गर्दै दु:ख आपत परेका बेला सहयोग मा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने देखिन्छ । यसरी एक नेपालीले अर्को नेपालीप्रति घात गर्नु ज्यादै दु:ख लाग्दो कुरा हो। वर्तमान कार्यसमिति मा रहेर काम गर्दा मलाई यि कुरा बाहिर ल्याउन बाध्य भए ब्यक्ति गत रुपमा केही साथी हरु म संग असहमत हुनु भयो होला ,तर हामी जापानमा बस्ने नेपाली र स्वयम NRN सँस्थाको उज्जवल भविस्यका लागी समयमा नै सचेत नहुदा र जानकारी नगराउदा त्यसको दोष र फल हामी सबैले भोग्नुपर्ने भएका कारण थोरै सँकेत गरेको हुँ । म निःस्वार्थ भाव ले यस संस्था आबाद्ध भएको हुदाँ भएका गल्ती लाई औल्याउने हिम्मत राखेको हुँ,अन्त्यमा मेरो आफ्नै चाहना बिगतको अनुभव केहि गर्न सक्छु भन्ने आत्माविश्वास अग्रज तथा अनुजहरुको अनुरोधमा मैले ” युवा सँयोजक ” पदमा उमेदवारी दिएको जानकारी गराउदै र समस्याको समाधानका लागी तन, मन, र धनले लागी पर्नेछु भन्ने विश्वास दिलाउदै पुन : एकपटक विजय गराईदिनु हुन सादर अनुरोध गर्दछु।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




