{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625188532671","source":"other","origin":"unknown"}

टोकियो/जापान । एनआरएनए जापानको अधिवेशन नजिकिँदै जाँदा, आगमी कार्यकाल(सन २०२१ -२३) को लागि विभिन्न पदहरुमा उम्मेदवारी घोषणा गर्नेक्रम बढ्न थालेको छ।

यसैक्रममा,हाल वर्तमान कार्यसमितिको क्षेत्रिय सचिबको जिम्मेवारीमा रहेका बिकास बस्नेतले पनि, उपाध्यक्ष पदका लागि दावेदारी प्रस्तुत गरेका छन् । बस्नेतले सामाजिक। संजालमा आफ्नो उम्मेदवारी यसरी घोषणा गरेका छन् ।

“संस्था प्रतिको पदिय जिम्मेवारी, अनुशासन, मर्यादा,
दायित्व र सामाजिक एकता आजको आवश्यकता “
भन्ने नारालाई आत्मसाथ गर्दै व्यवहारमा उतार्नुपर्छ भन्ने विचारका साथ यस अभियानमा म बिकास बस्नेत लाग्दै आईरहेको छु । हाल म जापानको तोचिगिमा बसोबास गर्दै आइरहेको छु । करिव दुई दशक लामो अन्तरालमा जापानलाई कर्मभूमि बनाउदै विभिन्न क्लब, संघ सस्थामा सेवा गर्दै रहि आएको छु । संस्थागत आवद्धता जनाउने क्रम २०१७-२०१९ मा एनआरएनए जापान तोचिगिको क्षेत्रिय संयोजक भई ईमान्दारिताका साथ आफ्नो दायित्व र कर्तव्य निर्वाह गरेको छु । २०१९-२०२१ कार्यकालमा हाल एनआरएनए जापानको सचिब (क्षेत्रिय) मा रहि आफ्नो पदिय जिम्मेवारी वहन गर्दै आएको कुरा सबैमा अवगत नै छ । आउने दिनमा पनि काँधमा आएको जिम्मेवारीलाई कुशलतापूर्वक वहन गर्नेछु । आगामि दिनहरुमा अझ चुस्त र तुरूस्त रूपमा सामाजिक सेवामा लाग्ने वाचा सहित उपाध्यक्षका रुपमा पदिय जिम्मेवारी वहन गर्न सक्ने अनुभव र आत्मविश्वासका साथ गैर आवासिय नेपाली संघ जापान राष्ट्रिय समन्व्यन परिषद्को २०२१-२०२३ कार्यकालको लागि उपाध्यक्ष पदमा उम्मेद्धारी दिने आधिकारिक घोषणा गर्दछु।

मलाई आशा र विश्वास छ, तपाईंहरुबाट पाउँदै आएको माया, साथ र समर्थनले म यो जिम्मेवारी पाउनेछु । म यो पनि विश्वास दिलाउन चान्छु कि एनआरएनए जापानको उपाध्यक्ष पदमा रहेर जापानवासी नेपालीको हरेक समस्यामा हातेमालो गर्दै वृहत्तर हित, संस्थागत विकास तथा नेपाल र जापानको सुमधुर सम्वन्ध विस्तारका लागि मन बचन र कर्मले पवित्र भाव सहित लागि पर्नेछु ।

बिकास बस्नेत
090-4126-7801
उपाध्यक्ष उम्मेद्धार (२०२१~२०२३)
गैर आवासिय नेपाली संघ जापान
जय एनआरएनए


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार