{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625366144827","source":"other"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए)जापानको महासचिव पदमा सिदार्थ श्रेष्ठले दावेदारी प्रस्तुत गरेका छन् ।

वर्तमान कार्यसमिति(२०१९-२१) मा प्रवक्ताको जिम्मेवारी सम्हालेका श्रेष्ठले एनआरएनए जापान भित्रको अनियमितताका घटनाहरु सार्वजनिक गराई छानबिनको दायरामा पुर्याउनेसम्मको पहल कदमी गरेकाले, उनलाई एनआरएनए सुधारकको रुपमा पनि हेर्ने गरिन्छ । श्रेष्ठकै कारण एनआरएनए भित्र वर्षौँदेखि हुँदै आएका आर्थिक अनियमितताका कर्तुतहरु आम गैरआवासीय नेपालीहरुमा छर्लंग भएको छ ।

यो कार्यकालमा कुशल प्रवक्ता तथा सचेत एनआरएनए अभियन्ताको भूमिका निर्वाह गरेका श्रेष्ठ अब महासचिव पदमा रहि, संस्थाको सचिवालय व्यवस्थापन तथा संस्थागत सुदृढिकरणमा महत्वपूर्ण परिवर्तन गराउने चाहन्छन् । नेपालन्युजपोस्टसंग कुरागर्दै श्रेष्ठले भने- ‘विभिन्न धम्की तथा चेतावनीका बाबजुद पनि संघभित्रको अनियमितताहरुको पर्दाफास गरेँ,ठोस कारबाही नभएता पनि को कति संस्थाप्रति जिम्मेवार रहेछन्, को कति पारदर्शी रहेछन् भन्ने कुरा सबैमाझ प्रष्ट पार्ने प्रयास गरेँ अब,संस्थालाई साँच्चिकै पारदर्शी, व्यवस्थित र विधानसम्मत संचालन हुने संस्कार बसाल्नको लागि प्रयत्न गर्नेछु ।’

एनआरएनए जापानमा छोटो समयमै निकै रचानात्मक भूमिका खेलेको दावी गर्ने श्रेष्ठ,आगमी कार्यकालमा महासचिवमा आएको खण्डमा एनआरएनए जापान थप सुदृढ तथा मजबूत बन्ने अपेक्षा गर्न सकिन्छ ।त्यसो त, उलाई संस्थागत कुरा बाहिर निकालेर संस्थाको मर्यादा उल्लंघन गरेको भन्दै लान्छना लगाउनेहरुको पनि जमात छ एनआरएनए भित्रै यद्यपि श्रेष्ठ भन्छन् – ‘मैले कुनै पदाधिकारी मन जित्न भन्दा पनि संस्थाको हितमा यो कदम चालेको हुँ । गल्ति गर्नेहरुलाई पिडा हुनु स्वभाविक हो ।’

बाग्लुङ्मा जन्मिएका श्रेष्ठ, १३ वर्षदेखि जापानमा रहँदै आएका छन् । उनि हाल जापानमा रेस्टुरेन्ट व्यवसायमा संलग्न रहेका छन् । कुनै समय उनि नेपाली तेक्वान्दोमा सकृय खेलाडी थिए, उनले विविध राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा पनि सहभागि भएका छन् । पछि जापान आएपछि पनि आफ्नो पेशा व्यवसायसंगै नेपाली तेक्वान्दो खेलाडीहरुको अन्तर्राष्ट्रीय संघमा आवद्द भई खेलकुद प्रवर्द्धनमा लाग्नुका साथै अन्य विभिन्न सामाजिक गतिविधिहरुमा कृयाशिल रहँदै आएका छन् । उनि एनआरएनए जापानको प्रवक्ता मात्रै नभई बागलुङ समाज जापानको निवर्तमान अध्यक्ष समेत हुन् ।

वर्तमान कार्यसमितिमा केन्द्रदेखि क्षेत्रसम्म सकारात्मक प्रभाव पार्न सफल श्रेष्ठको आगमी यात्रा पनि संस्थागत हितमा रहने अपेक्षा गर्न सकिन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार