{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625443761318","source":"other"}

टोकियो/जापान । एनआरएनए जापानको आगमी कार्यकाल ( सन २०२१-२३) का लागि राकेश लामा रुम्बाले युवा संयोजक पदमा दावेदारी प्रस्तुत गरेका छन् ।

एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान संयोजक रहेका राकेश,सन २०१५ देखि निरन्तर एनआरएनए अभियानमा प्रत्यक्ष जोडिईँदै आएका छन् । सन २०१२ मा विद्यार्थीकारुपमा जापान छिरेका राकेश प्रवासमा युवाहरुको हितका लागि निरन्तर संलग्न रहँदै आएका छन् ।

जापान प्रवेशको सुरुवाती दिनमै, राकेशले आफु बसेको स्थानीय ठाउँमा नै नेपाली दाजुभाई हरु संगठीत गरि हाईजिमा क्लब स्थापना गरी युवा एकता तथा सबलिकरणमा जुटेका थिए । पछि त्यहि कर्मका कारण अग्रजहरुको अनुरोधमा एनआरएनए जापानको यात्रा प्रारम्भ गरेका राकेश, अब जापान वासी गैरआवासीय नेपाली युवाहरुको नेतृत्वको आकांक्षी बनेका हुन् । कान्तो क्षेत्रको सफल संयोजन गरिसकेका राकेश,युवाहरुको संयोजन गर्दै एनआरएनए जापानमा विद्यमान विभिन्न समस्याहरुको न्युनिकरण गरि सुधारको बाटोमा डोर्याउने प्रतिवद्दताका साथ आएका छन् ।

राकेश भन्छन् – ‘म यो अभियान मा लागेको ८ बर्ष दौरान मा छु मलाई यो संस्था को माया लाग्छ म संस्था लाई नेपाली समाजमा एनआरएनए भनेको कत्ति लाई थाहा नभएको के गर्दा कस्तो संस्था हो भन्ने समेत थाहा नभएको हरुलाई यो संस्था बारे चिनाउँन चाहान्छु संस्था लाई गलत तरिका ले बुझेको हरुलाई राम्रो संग बुझाउँन कोसिस गर्छु हो संस्था मा कतिपय साथिहरु काम गर्नलाई भन्दा आफ्नो पपुलारिटी बढाउँन आउँछ ।कसै आफ्नो बिजिनेस राम्रो पार्न आउँछ तर काम नै गर्ने साथिहरु एकदमै कम भेटिन्छ त्यसैले पनि यो संस्था मा रहेर काम गर्न चाहेर म फेरी संस्था मै बसेर काम गर्न चहान्छु ।’

उनि अगाडी थप्छन् – ‘अहिले जापानमा एनआरएनए लाई गलत सोच्नेहरु धेरै छन संस्था गलत हैन यहाँ केहि ब्यक्तिहरु गलत छन त्यस्ता गलत ब्याक्ति हरुलाई सबैले चिनेर प्रतिकार गर्नलाई आएको छु, संस्था भित्र हुने राजनितीको प्रतिकार गर्छु, संस्था मा भएको आर्थिक हिनामिना लाई पार्दशितता पार्न भुमिका खेल्छु , सबै क्षेत्रको युवा हरुलाई समेटेर युवा हरुको लागि चेतना मुलक कार्यक्रम गर्छु, गलत कुरा हरुको भण्डाफोर गर्छु कसै संग डराएर गलत कार्य को आँखामा पट्टि बाँधेर बस्दिन त्यसैले सकेको बँचेको समय सुख दुख मा सबै संग मिलेर हातेमालो गरेर अगी बढ्ने प्रतिबद्वता जनाउँछु । ‘

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार