
टोकियो/जापान। गैरआवासीय नेपाली संघ ( एनआरएनए) जापानको आगमी कार्यकाल ( सन २०२१-२३)को लागि महाचिव पदमा टिकाराम खरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा सचिव पदमा कृयाशिल खरेल, सचिवमा रहि एक कार्यकाल सचिवालयका कामकाजहरुलाई नजिकबाट नियालीसकेको तथा सचिवलय सम्बन्धि काममा आफु सक्षम रहेकाले महासचिव पदको आकाँक्षी बनेको बताउँछन् ।
को हुन् त खरेल ?
नेपाल, गुल्मीमा जन्मिएका खरेल, चितवन तथा काठमाडौँमा स्थायी वसोवास गर्दै आएका छन् । खरेलको जापान आगमन भने सन २००५ मा विद्यार्थीकोरुपमा भएको हो । जापानको विश्वविद्यालयको अध्ययन सक्काएर रोजगारीको अनुभव समेत लिएका उनि हाल भने केहि वर्षयता व्यवसायमा संलग्न रहँदै आएका छन् । जापानको व्यवसायको अलवा , खरेलको -नेपालमा हाईड्रो, कृषि,पशुपालन र शिक्षा क्षेत्रमा लगानी रहेको छ ।
खरेलको एनआरएनए यात्रा भने सन २०१३ बाट सुरु भई,सन २०१७-१९ कार्यकालमा एनआरएनए जापान “ कान्तो क्षेत्रको सल्लाहकार रहँदै सन २०१९-२१ (हाल)सचिव पदमा कृयाशिल रहेका छन् ।क्याम्पस पढ्ने युवा उमेरदेखिनै स्थानीय संघ/संस्थाहरूको जिम्मेवारी सम्हाल्दै आएका खरेल
गुल्मेली समाज जापानको केन्द्रिय सदस्य तथा अर्लाङकोट सेवा समाज जापानको संस्थापक अध्यक्ष पनि हुन् ।
यस्तो छ, खरेलका प्रतिवद्धताहरु

“ईमान्दारिता,आर्थिक पारदर्सिता र लगनसिलता,
सक्षम,सबल र साझा NRNA मेरो प्रतिबद्दता”
कर्मभुमी जापामा रहने क्रममा बिभिन्न आरोह र अवरोहका बीच पनि आफूलाई परिष्कृत गर्दै अघि बढिरहेको र एनआरएनए अभियानमा समेत सक्रियताका साथ अघाडी बढिरहेको कुरा जानकारी गराउन चाहान्छु।
म अहिले NRNA राष्ट्रिय समन्वय परिषद् जापानको सचिब पदमा जिन्मेवारी समालिरहेको र आफ्नो जोस,जागर र काम गर्ने इच्छा शक्तिलाई पुनः सदुपयोग गरी यहॉहरु संग हातेमालो गरेर अझै अगाडि बढ्ने दृढ चाहना अनुरुप महासचिब पदमा उम्मेद्वारी दिने निर्णयमा पुगेको छु।
मेरा केहि प्रतिबद्दताहरु निम्न छन्।
१-जापानमा रहेका गैरआवासीय नेपालीहरुको समस्या,समाधान र भैपरी आउने आपतकालिन अवस्थाको लागि सहयोग गर्न एक आपतकालीन राहातकोषको निमार्ण गरि त्यसलाई चौविसै घण्टा सक्रिय र निरन्तरताको लागि पहल गर्ने छु ।
२-जापानमा हुने कानुन,नीति नियम लाई ख्याल गर्दै जन-चेतना मुलक कार्यक्रमहरु संञ्चालन गर्ने छु ।
३-नेपाली-नेपाली बीचको एकता र सद्भावनालाई अझै बढि प्रगाढ बनाउन पहल गर्दै जापानमा रहेका संघ-संस्थासंग सुमधुर सम्वन्ध कायम राख्न सकृय रहने छु ।
४-अध्यनको क्रममा जापानमा रहेका नेपाली विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्यन तथा रोजगारीको लागि सेमिनार लगायतका अन्य कार्यक्रमहरु गर्ने छु।
५-बिधार्थी केन्द्रित क्षमता अभिबृदीका कार्यक्रमहरु संञ्चालन गर्ने जस्तै वक्तित्वकला,चित्रकला,हाजिरीजबाफ आदी-आदी।
६-बिधार्थीहरुले अहिले प्राप्त गकिरहेको छात्रवृति लगायतका अन्य सुबिधाहरुलाइ अझै थप र ब्यबस्थित गर्नमा पहल गर्ने।
७- जापानमा कार्यरत कुक तथा डिपेन्डेन्ट दाजुभाई तथा दिदीबहिनीहरुलाई लक्षित भाषा कक्षा संञ्चालन तथा बिभीन्न तालिम र सेमिनारको ब्यबस्था गरिने छ।
८-बालवालिका हरुको लागि केन्द्रित गरि नया कार्यक्रमहरु तर्जुमा गरिने छ।
९- NRNA जापानले गर्दै आईरहेको नेपाल फेष्टिबल लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिइने छ।
१०-आर्थिक पार्दशिता र यसको परिचालनको लागि छुट्टै आर्थिक परिचालन समिती बनाईने छ र जसको प्रतेक महिनाअडिटिङ् गर्नुका साथै गसम्पुर्ण बिबरण जापान बासी नेपाली समुदायमा सार्बजनिक गरिने छ।
११-समय सापेक्ष विधानमा परिमार्जन गरिने छ।
१२-अन्य भैपरि आउने र संस्थामा गर्नु पर्ने कार्यहरु तदारुकताका साथ गर्ने छु।
अन्त्यमा,म कुरा भन्दा काममा बिश्वास राख्दछु।
२००८ देखिनै संस्थाको साधारण सदस्य रहदै २०१३ बाट संस्थामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा संलग्न रहि आएको कुरा याहाहरुलाई अबगत गराउन चाहान्छु।
संस्थाको जुन लक्ष्य र उदेश्य छ त्यो उदेश्य प्राप्ति गर्नका लागि म एउटा इट्टा पक्कै थप्ने छु।आजका मिति सम्म तपाईहरुले म प्रति गर्नु भएको सदभाव र विश्वासमा एक इन्च पनि कमि आउन दिने छैन ।सन्मानित संस्थाको बिकासका लागि म भित्र रहेको ज्ञान,सिप,बुद्दि,बिबेक र शक्ति प्रयोग गर्ने छु भने संस्थाको बिधि, बिधान र जापानको कानुनमा टेकेर यहा रहेका हरेक नेपालीहरुले बिश्वास र भरोसा गर्न सक्ने संस्था बनाउन प्रतिबद्द रहने छु।
धन्यबाद।
भबदिय,
टिकाराम खरेल
महासचिब पदको उम्मेदवार
(NCC जापान २०२१-२०२३)
हाल सचिब
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




