{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625623695023","source":"other"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ( एनआरएनए) जापानको सचिव पदमा श्याम शितल ( श्याम कुमार श्रेष्ठ)ले दावेदारी प्रस्तुत गरेका छन् ।

जापानमा एक दशक बिताईसकेका शितल एनआरएनए जापान नागोया क्षेत्रीय समितिका निर्वतमान संयोजक हुन् । क्षेत्रको सफल नेतृत्व गरिसकेका शितलले सचिव पदमा रहेर, केन्द्रीय समितको यात्र तय गर्ने निर्णय गरेका हुन् ।

कलाकारिता(गायन) तथा संचारकर्मबाट आफ्नो छुट्टै पहिचाहन बनाउन सफल शितल,एनआरएनएमा केहि प्राप्तीभन्दा पनि आफुसंग भएको ज्ञान र अनुभवको संयोजनबाट संस्थालाई अगाडी बढाउन चाहन्छन्। ।मान-सम्मान तथा पदहरुको खासै मोह बाँकी नरहेका शितलले आफुलाई कुनै पार्टि,जातिय र क्षेत्रिय आधारमा साथ नदिई, केवल यो क्षेत्रमा कर्मगर्ने प्रतिवद्धता बोकेको युवाको रुपमा साथ र समर्थन गरिदिन सार्वजनिकरुपमै अनुरोध गरेका छन् ।
यस्तो छ, शितलको अनुरोध तथा प्रतिवद्धताहरु

सम्पूर्ण आदर्णीय,सम्माननिय र आत्मिय ब्यक्तित्वहरुमा नमस्कार
मेरो करिब १ दशक लामो जापान बसाईको क्रममा मैले आज सम्म देखेको जापान र भोगेको जापानलाई नजिक बाट नियाल्दै गर्दा आफ्ना लागी जिउनेहरु धेरै देखे खोक्रो समाज सेवा गर्नेहरुको बजार नै भेटे जिन्दगी जिउनु मात्र जिबन होइन केहि पल केहि समय मात्र भए पनि कसैको लागी जिउन सक्नु नै जीबन हो भन्ने ठानेर जापान प्रबेश गरेको केहि समय देखि नै आफु बस्दै गरेको क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई एकता बद्ध गराएर एउटा समाजको स्थापना गरी त्यसै सस्थाको सचिब पदबाट सुरु गरेको मेरो सस्थागत निस्वार्थ समाज सेवा २०१७-२०१९ मा गैर आवसीय नेपाली संघ नागोया क्षेत्रिय समितिको सचिब २०१९-२०२१ मा गैर आवसीय नेपाली संघ नागोया क्षेत्रिय समितिको संयोजक पदमा रहि आफुले आर्थिक भौतिक र नैतिक तवरले भ्याए सम्म आफ्नो जिम्मेबारी पुरा गरे भन्ने महसुस गरेको छु ।पछिल्लो समय NRNA जापान प्रति लागेको बिभिन्न आरोपहरु,मेरै आफ्नै क्षेत्र नागोया भित्र देखिएको समिती गठनको समस्या आदी इत्यादीले यो भन्दा अगाडीको बाटो कसो गर्ने भन्ने दोधार मनलाई बिभीन्न क्षेत्रबाट मेरा अग्रज अबिभाबक र मेरा आत्मिय शुभचिन्तकहरुले दिनुभएको सल्लाह सुझाबलाई मध्यनजर गर्दै गैर आवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आगामी २०२१-२०२३ कार्यकालको लागी सचिब पदमा उम्मेद्बारी दिने सोच बनाएको छु । मैले करिब दुई दशक लामो कलाकारिता र पत्रकारिताको अनुभबलाई सङ्गालेर मैले इच्छा गरेको पदलाई पूर्ण रुपमा न्याय दिने कोशीस गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यहाँ हरुको पूर्ण साथ र सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद ।
श्याम शितल (श्याम कु श्रेष्ठ )

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार