
टोकियो/जापान ।एनआरएनए जापानको आगमी कार्यकाल( सन २०२१-२३) का लागि कृष्ण गैरे शर्मा द्वारा कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
सन २००० मा जापान प्रवेश गरेका गैरेले, यामागुचीको यामागुची दाईगाकुबाट “डिपार्टमेंट अफ कम्पुटर साइन्स एंड इन्फोर्मेसन टेक्नोलजीमा “ स्नातक गरि आफ्नै व्यवसाय गर्दै आएका छन् । गैरेले एनआरएनए अभियानमा – सन २०११-२०१३ कार्यकालमा एनआरएनए कान्साईको सदस्य, सन २०१३-२०१५ कार्यकालमा एनआरएनए कान्साईको सदस्य,सन २०१५-२०१७ कार्यकालमा एनआरएनए कान्साईको कोषाध्यक्ष, सन २०१७-२०१९ कार्यकाल एनआरएनए कान्साईको उप-संयोजक र सन २०१९-२०२१ कार्यकाल एनआरएनए कान्साईको संयोजकमा रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
गैरेले घोषणामा भनेका छन्- ‘ कोषाध्यक्ष पदको जिम्मेवारी दिनुभयो भने संस्थाको कोष अभिवृद्धि संगै आर्थिक पारदर्शिताका लागि निम्न कार्यवनयन गरि सस्थाको साखलाई उच्च राख्न कटिबद्ध रहनेछु।’
कृष्ण गैरे शर्माका प्रतिबद्धताहरू यस्ता छन्

१) एनआरएनए माथि बेला-बेलामा उठी रहने प्रश्नहरू मध्य मूख्य रूपमा रहेको आर्थिक अनियमितताको प्रश्न नआउनेगरि प्रत्येक तिन-तिन महिनामा कोषलाई डेटाबेस गरि सार्वजनिक गर्नेछु।
२) आवश्यकता अनुरूप सम्भावनाको अध्ययन गरि क्लाउड फंडिङ मार्फत कोष अभिवृद्धि संगै यसको उचित व्यवस्थापन गर्नेछु।
३)कोष अभिवृद्धिका लागि विभिन्न अन्तर्राष्ट्रीय संघ-संस्थासंग सहकार्य गर्नुका साथै आर्थिक व्यवस्थापनका लागि आर्थिक नियमावली बनाई कोषलाई चुस्त दुरुस्त रूपमा अगाडी बढाउने छु।
४)कोषाध्यक्षको जिम्मेवारी वहन गर्दै गर्दा कोष अभिवृद्धि तथा यसलाई पारदर्शी गर्नुका साथै भइपरी आउने समस्याहरूको समाधानका निम्ति संस्थाको विधि विधान र जापानको नियम कानुनको परिधिमा रहेर आफूले जाने बुझेको आधारमा निस्वार्थ सेवा गर्ने छु।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




