{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1625700495710","source":"other"}

टोकियो / जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानको आगामी कार्यकाल ( सन २०२१-२३) का लागि भिमसेन राय ( रायमाझी) ले केन्द्रिय सदस्य पदका लागि दावेदारी प्रस्तुत गरेका छन् ।

एनआरएनए जापान कान्तो क्षेत्रका निवर्तमान उप – संयोजक रहेका रायमाझी , संस्थामा पदमा रहेर मात्रै नभई पदमै नरहँदाका समयमा पनि , गैरआवासीय नेपाली संघ जापानका विभिन्न कार्यक्रमहरुमा सकृय स्वयमसेवा गर्दै , अग्रज एनआरएनए अभियन्ताहरुको केन्द्रमा रहन सफल युवा हुन् । रायमाझीले यस अघि कान्तो क्षेत्रकै संयोजक पदमा दावेदारी प्रस्तुत गरेता पनि, अन्त्यमा दिपेश केसीका लागि सहमती जुटाउँदै आफ्नो दावी फिर्ता लिएका थिए ।

सन २०१२ देखि जापानमा रहँदै आएका रायमाझीले एनआरएनए अभियानमा जोडिनु अघिपनि जापानमा अन्य युवा समूहहरुमा आवद्द भई , सकृय नेतृत्व प्रदान गरिसकेका छन् । ‘ समाज सेवा मानविय हितको लागि
मेरो उम्मेदवारी संस्थागत जितको लागि’ भन्दै रायमाझाले संस्थागत विकासमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार