टोकियो/जापान ।एनआरएनए जापानको आगामी कार्यसमिति ( सन २०२१-२३)का लागि बाबुराम खरेलले सह-कोषाध्यक्ष पदमा उम्मेदारी घोषणा गरेका छन् ।

२ दशक भन्दाबढि जापानमा व्यतित गरिसकेका खरेल वर्तमान ( सन २०१९-२१) कार्यसमितिमा केन्द्रिय सदस्य पदमा क्रियाशील छन् । यसका अलवा जिल्लागत संघ/संस्थाहरु, तथा नेपाली व्यवसायीहरुको संघमा पनि प्रत्यक्ष सहभागी रहँदै आएका छन् ।

सन २०१३ बाट औपचारिक एनआरएनए अभियानमा जोडिएका खरेल,केन्द्रिय सदस्यको रुपमा एनआरएनए जापानलाई नजिकबाट नियाली सकेपछि, सह- कोषाध्यक्षमा दावेदारी प्रस्तुत गर्ने निष्कर्षमा पुगेका हुन् । नेपालन्युजपोस्टसंग कुरा गर्दै खरेलले भने-‘ एनआरएनए जापानमा अहिले लागेको आर्थिक अनियमितताको कालो धब्बा हटाएर, स्वच्छ एनआरएनएको छवि बनाउने योजनाले मैले सह-कोषाध्यक्षमा दाबेदारी प्रस्तुत गरेको हुँ । मलाई थाह छ, सह-कोषाध्यक्ष कार्यकारी पद होईन, तर यो पदमा रहेर म आगमी सुधारका योजनाहरु बनाउन चाहन्छु, अझ भनौ पारदर्शी एनआरएनए जापान बनाउन म पूर्व तयारीको रुपमा यो पदमा आउने आकांक्षा राख्दछु ।’

गुल्मीमा जन्मिएका खरेल बिगत २ दशकदेखि जापानको आईची प्रान्तको नागोया क्षेत्रमा रहँदै आएका छन् । व्यवसायी खरेलले औपचारिक पदहरु नलिएता पनि धेरै संघ/संस्थाहरुमा आवश्यक सहयोगका हात बढाईरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार