
ओसाका/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ।यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहाकार एबम ओसाकामा रहेर एनआरएन अभियानमा क्रियाशील नरेन्द्र कु.बस्नेत(दिनेश)ले सन २०२१-२०२३ कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
बस्नेतले उम्मेदवारी घोषणा गर्दै छानबीन समितिको प्रतिबेदन र केही बिबादित घटनाक्रमले जनमानसमा एनआरएनए जापानको छवि केहि धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुख-दु:खमा अभिभावक भएर साथ दिन सक्ने गरि संस्थालाई परिस्कृत गर्दै एनआरएनएको साख बढाउने गरि आफू अगाडि बढेको र जापानवासी नेपाली र राष्ट्र हित सँग सम्बन्धित हरेक कुरालाई आफुले प्राथमिकता दिने बताएका छन् ।
सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापनमा बिषेश भुमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सकृय बस्नेत २०११-२०१३ कान्साई समिति उपसंयोजक २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन।बस्नेतले २०१५-२०१७ एनआरएनए जापानको क्षेत्रिय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमश: एनआरएनए जापानको सल्लाहकारको रुपमा कार्य सम्पादन गर्दै आईरहेको छन।
पदमा रहदा मात्र नभएर समाजको आवश्यकता अनुसार पदमा नरहदा पनि आफुले जानेको बुझेको सकेको सदैब दिन तत्पर रहनुपर्छ भन्ने बस्नेतले जापानको कान्साई क्षेत्र बाट युवा हरु समेट्दै खेलकुदको प्रारम्भ, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको बिदेश बजार प्रबर्धनको शुरुवात, जापानिज विज्ञहरु र जापानमा सकृय विभिन्न क्षेत्रमा सकृय नेपाली विज्ञहरुलाइ नेपाली राजदुतावास र केहि विज्ञ हरुको सहयोगमा विभिन्न विधामा डाइलग सिरिजको शुरुवात गरि देशको सर्वाङगिन विकासको लागि सकृय रहेका बस्नेतले एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजक रहदा भुकम्पले विभत्स मध्ये सिन्धुपाल्चोकको पिपलडाडामा विभत्स विद्यालय भवनको पुन:निर्माण र उदयपुरको वेल्टारमा विधालय भवनको नवनिमार्ण समेत गरेका छन भने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार सेवा केन्द्र (हेलो वर्क)सँग आवद्ध भइ नेपाली विद्यार्थी हरुको रोजगारि लगायत समग्र नेपालीको रोजगार सँग सम्बन्धित रहेर सेवा सहयोग प्रदान गर्दै आएका छन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




