टोकियो/जापान । एनआरएनए जापानको आगामी कार्यकाल( सन २०२१–२३ )को लागि थम बहादुर क्षेत्रीले सदस्यपदमा उम्मेदवारी घोषणा गरेका छन् ।

क्षेत्रीले , नयाँ जोश जागर र ऊर्जाका साथ “मेरो लागि होईन, हाम्रो लागि, केही पाउन होइन केही दिनको लागि” भन्नेउद्घोष सहित सदस्य पदमा दावेदारी प्रस्तुत गरेका हुन् । उनि, बिगत ५ वर्षदेखि निलुवा समाज चमुवा जापानको सचिवहुँदै हाल अध्यक्ष तथा गल्कोट समाज जापान केन्द्रीय कार्यसमिति सदस्यको रूपमा संस्थामा जोड़िएर समाजकाबिभिन्न क्रियाकलापमा सक्रियतापूर्वक संलग्नता जनाउँदै आएका छन् ।

क्षेत्री भन्छन् – ‘यदि मलाई यहाँहरु सबैले बिश्वास गरेर , अमूल्य मत दिएर एनआरएनएको अभियानमा सक्रिय रहनेमौका प्रदान गरिदिनु भएमा  संस्थालाई कसैको  रिमोट कन्ट्रोलबाट कठपुतली बनेर होइन,सगरमाथा झै खम्बिर भएर संस्थाको विधानमा रहि जापानबासी नेपालीहरुको एकता ,मर्म र भावनालाई केन्द्र बिन्दुमा राखेर कार्य गर्नेछु ।’

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार