{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626169904972","source":"other","origin":"unknown"}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा राष्ट्रिय समन्वय परिषद जापानको तर्फबाट ६५% प्रतिनिधिको आवेदन दिने समय थप गरिएको छ । यसका साथै २५% थप खुला प्रतिनिधिका लागि पनि आवेदन खुल्ला गरीएकोछ ।

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको आसन्न १० औं महाधिवेशनमा रासप जापानको तर्फबाट सहभागी हुन इच्छुक अन्तराष्ट्रिय समन्वय परिषद र राष्ट्रिय समन्वय परिषदमा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्य बाट ६५ (११० जना) प्रतिनिधि छनौटको निम्ति आवेदन खुल्ला आज जुलाई १३ तारीक सम्म गरिएतापनि, समय थप गरी यही जुलाई २० तारीक सम्मलाई बढाइएको छ ।

साथै अन्तराष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिम २५ (४२ जना) प्रितिनिधि निर्वाचन मार्फत प्रतिनिधि चुनिनु पर्ने प्रावधान बमोजिम उक्त २५% प्रतिनिधिहरुको लागि पनि इच्छुक महानुभावहरुले यहि जुलाई २० सम्म आवेदन दीसक्नु पर्नेछ । प्रतिनिधि बन्न ईच्छुक महानुभावहरु राष्ट्रिय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यकालको निम्ति सदस्यता लिइएको हुनुपर्नेछ।

साथै आवेदनदिन निम्न कुराहरु पनि अनिवार्यरुपमा पालना गर्न अनुरोध गरिन्छ।

* आवेदन मिति : यहि जुलाई १३ देखी जुलाई २० सम्म।
* प्रतिनिधी शुल्क : ६०००/- येन (५०$ पचास युएस डलर)
* शुल्क जम्मा गर्ने खाता नं : AC10010-52370361,
* यसै सूचनाका साथ राखीएको गुगल फारम अनिवार्यरुपमा भर्नु पर्नेछ।

नोट :
* रासपको सदस्य संख्या : ९,३९४ जना।
* आइसीसी प्रतिनिधि संख्या : १६९ जना।
* १६९ जनाको ६५% : ११० जना
* १६९ जनाको २५% : ४२ जना
* १६९ जनाको १०% : १७ जन

प्रतिनिधि आवेदन फारम भर्न यहाँ क्लिक गर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार