
टोकियो/जापान ।छानबीन समितिले बुझाएको करोडौँ अनियमितताको छिनोफानो नै नभई अधिवेशन तर्फ अघि बढेको गैरआवासीय नेपाली संघ जापानलाई अधिवेशनको तयारीको क्रममा फेरि अर्को आर्थिक अनियमितताको प्रश्न खडा भएकोछ ।
अधिवेशनको तयारी स्वरुप आह्वान गरिएको सदस्यता प्रमाणीकरणका लागि, जिम्मा लिएका कार्यसमितिका पदाधिकारीहरुले आफुले जिम्मा लिएको सदस्यता प्रमाणिकरणका लागि समय अभाव भएको भन्दै आफु़खुसी पार्टटाईम कर्मचारी राखेर काम गरेको र सोहि बापत ५३ मान ( ५ लाख ३० हजार )येन मनलाग्दी ढंगबाट खर्च गरेको भन्दै सुरुभएको आलोचना,अधिवेशन नजिकिँदै गर्दा झन चर्किकिँदै गएको बुझिएको छ ।
एनआरएनए जापानको केहि दिन अघि (जुलाई ४ मा)कार्यवाहक अध्यक्ष अनिता गुरुङको अध्यक्षतामा बसेको बसेको बैठकमा सो भुक्तानीबारे गरिएको निर्णय यसरी सामाजिक संजालभरी पोस्ट भएका थिए । हेर्नुस् जस्ताको तस्तै

यो विषयलाई लिएर यस अघिनै एनआरएनए जापानको कार्यसमिति भित्र तथा बाहिरका विभिन्न फोरमहरुमा व्यापक टिकाटिप्णी भएता पनि,संलग्न पदाधिकारीहरुले विगतमा पनि यस्तै नजिर रहेको र समय छोटिदैँ जाँदा समयमा नभ्याउने देखिएपछि आफुहरुले पार्टटाईम कर्मचारी राखी काम गरेको प्रतिकृया दिँदै आएका छन् । त्यसो त, त्यो विषयलाई त्यस बैठकमा उपस्थित भएका बहुमत सदस्यहरुले पारित गरिसकेका छन् ।
यसैविच, आज हामीलाई, एनआरएनए जापान क्षेत्रीय समिति ओकिनवाले कार्यसमितिलाई सो रकम यानेकि अघिल्लो बैठकको निर्णय नम्बर ४ मा उल्लेखित विषयबारे स्पष्ट पारिदिन आग्रह गरिएको पत्र प्राप्त भएकोछ । जुलाई १४ तारिखको मिति उल्लेख भएता पनि एनआरएनए जापानमा आज( १५ जुलाईमा) पेश गरिएको बुझिन आएको पत्र यस प्रकार रहेको छ । पत्र जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




