{"origin":"gallery","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626482954111","source":"other"}

फुकुओका/जापान । अन्तर्राष्ट्रिय ट्युवा दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (NRNA)जापान, क्युस्यु क्षेत्रीय समितिको आयोजनामा जापान ब्यापी नेपाली भाषामा खुल्ला निबन्ध प्रतियोगिता हुने भएकोछ ।

निबन्ध प्रतियोगितामा सहभागी हुन इच्छुक जापान व्यक्तिले यहि जुलाई १६ तारिख देखी अगष्ट १० तारिख सम्ममा आवेदन दिनुपर्ने आयोजक एनआरएनए जापान क्युसु क्षेत्रीय समितिले जनाएकोछ ।

“मैले चिनेको र चाहेको एनआरएनए” शिर्षकमा नेपाली भाषामा लिखित निबन्ध र आफ्नो सम्पर्क नम्बर समावेश गरी आवेदन सहभागिताको लागि एनआरएनए क्युस्युको ईमेल ठेगाना nrnakyushu2019@gmail.com मा पठाउन सकिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितिय,तृतीय र सान्त्वना पुरस्कार क्रमस: ७५ हजार येन, ४५ हजार येन,२० हजार येन र १० येन प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार