{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626566293450","source":"other","origin":"unknown"}

टोकियो/जापान । जापानमा सफल व्यवसायिक पहिचान बनाईसकेका रोविन शेरचनले एनआरएनए आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन ।

शेरचनले ‘सामाजिक उत्तरदायित्व बहनका लागि मेरो सक्रियता, लगनशिलता र जिम्मेवारी बोधका साथ मेरो अग्रसरता’को उदघोष सहित उम्मेदवारी दर्ता गराएका हुन् । ३ दशक जापानमा व्यतित गरिसकेका शेरचन आगामी दिनमा मातृभूमिको लागि सहयोग गर्न एनआरएन अभियानमा जोडिन चाहेको बताउँछन् ।
उनि भन्छन् – ‘एनआरएन अभियानमा जापानको उपस्थिती महत्वपूर्ण र गर्विलो हुनु पर्छ । तर एनआरएनए जापानमा केहि कार्यकालमा देखिएको बेथितिहरुका कारण हामि साच्चै केहि गर्न नसक्ने नै हो त भन्ने लागेर, यो अघिवेशनमा मेरो भूमिका र मेरो अनुभवले एनआरएनमा आगमि दिनको लागि केहि थोरै मात्रै सकारात्मक परिवर्तन गर्न सकियो भने त्यो पनि उपलब्धि नै हुने ठानेर चुनावी मैदानमा उत्रिएको हुँ ।’

शेरचनले जापानको राजधानी टोकियोमा आगन, याताईमुरा लगायतका नेपाली मौलिक रेष्टुरेन्ट सफलतापूर्वक सचालन सहित नेपाल र नेपालीहरुको मौलिक परिचय गराउँदै आएका छन् । केहि वर्षअघि टोकियोमा जापानी तथा अन्य विभिन्न मुलुकका मानिसहरुलाई फुड एन्ड वेभरेजको तालिम कक्षाहरु संचालन समेत गरेका शेरचनले टोकियो भित्र नेपाली, जापानी तथा युरोपियन शैलीका २७ वटा विभिन्न रेष्टुरेन्टहरु संचालनमा गरिरहेका छन् ।

शेरचनसंग केहि समय अघि नेपालन्युजपोस्टले एउटा विशेष कुराकानी पनि गरेको थियो । जापानी भूमीमा ३ दशक विताईसकेका उनका एक-एक अनुभवहरु नेपाली समुदायका लागि निकै उपयोगी हुने अपेक्षा गर्न सकिन्छ । हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार