{"sources":["364266715027201"],"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1626566293450","source":"other","origin":"unknown"}

टोकियो/जापान । जापानमा क्रियाशील एक मात्रै नेपाली अन्तर्राष्ट्रिय क् अधिवक्ता डा. बलराम श्रेष्ठले एनआरएनए आईसिसि सदस्यमा उम्मेदवारी दिएका छन् ।

आफ्नो पेशागत कर्मकै कारण जापानवासी नेपाली समुदायसंगै जापानीहरुमाझमा पनि परिचित श्रेष्ठले जापानमा रहँदा आईपर्ने विविध कानुनी समस्याहरुको समाधान मात्रै नभई जापानमा नेपालीहरुलाई व्यवसायीक मार्गमा लाग्न सहजिकरण गर्दै आएका छन् ।

जापानमा आफ्नै ल फर्म संचालन गर्दै आएका श्रेष्ठ, व्यवसायीक जिवनसंगै सामाजिक जिवनमा पनि विगतदेखिनै उत्तिकै सक्रिय रहँदै आएका छन् । उनले हालसम्म थुप्रै सामाजिक तथा प्राज्ञिक संघ/संस्थाहरुमा प्रत्यक्ष/ परोक्ष योगदान दिईसकेका छन् ।
जापानमा रहेर निरन्तर जापान – नेपालबिचको एउटा आर्थिक, सामाजिक तथा वौद्धिक सम्बन्ध विकासमा पुलको भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ एनआरएनए अभियानमा स्थापना कालदेखिनै सक्रिय रहँदै आएका छन् । श्रेष्ठ सन २००३ मा एनआरएनए जापानको विधान ड्राफ्ट समिति हुँदै,सन २००७ देखि २०११ सम्म एनआरएनए जापान चुगोकु चुहो क्षेत्रको संयोजक, एनआरएनए जापानको उच्चस्तरीय विज्ञ समिति,एनआरएनए उच्चस्तरीय छानबिन समिति,एनआरएनए अन्तर्राष्ट्रिय फाउन्डेसनको संस्थापक सदस्य,एनआरएनए जापानको निर्वाचन अधिकृत लगायतका जिम्मेवारीहरुमा रहिसकेका छन् । यसका अलवा उनि नेपाल चेम्बर अफ कमर्सको जापानस्थित वाणिज्यदूतका रुपमा पनि क्रियाशिल रहँदै आएका छन् ।

श्रेष्ठले नेपालको त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर र जापानको टोकियो कृषि तथा प्रविधि विश्वविद्यालय/ टोकियो युनिभर्सिटी अफ एग्रिकल्चर एण्ड टेक्नोलोजीबाट विद्यावारिधी गरेका छन् । हाल जापानको राजधानी टोकियोमा आफ्नै ल फर्म संचालन गर्दै आएका उनि जापानको ईबाराकी युनिभर्सिटीको एसोसियट लेक्चरर तथा एनपिओ एग्रीको रिसर्चरको रुपमा पनि क्रियाशील रहँदै आएका छन् ।

नेपालन्युजपोस्टडटकमले केहि समय अघि ‘मेरो यात्रा’नामक कार्यक्रम एक विशेष कुराकानी पनि गरेको थियो । जहाँ जापानमा रहेर श्रेष्ठले नेपाल तथा नेपाली समुदायमा पुर्याएका अतुलनीय योगदानहरुको चर्चा भएका छन्। ।हेर्नुहोस् भिडियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार