
नागोया /जापान । केहि समय देखि बिवादमा जेलिएको एनआरएनए नागोयाको बिबाद मिलाउने नैतिक दबाव त्यस क्षेत्रका एनआरएनए नेताहरुलाई परेको बेला समस्या समाधान गरिएको बताइएको छ। समस्या समाधान गर्न पटक-पटक छलफल गरिए पनि समाधान निस्केको थिएन। पछिल्लो समय एनआरएनए एसिया प्यासिफिक संयोजक गोविन्द्र श्रेष्ठ, उप- संयोजक पारशमणि पोखरेल, एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्की, एनआरएनए जापानका पूर्व सचिव डा सरोज कँडेल , एनआरएनए नागोयाका निवर्तमान संयोजक श्याम शितल लगाएतको उपस्थितिमा भएको छलफलले बिवाद समाधान भयो भनिए पनि मनोजबम मल्ल र गंगा धर्तिमगरले स्वाकार गरेका थिएनन । त्यसपछि पनि दुबै पक्षलाई मिलाउन नागोयामा लागिपरिएको र त्यो सफल भएको एनआरएनए नागोयाका संस्थापक सदस्य एवं दर्शन समाज जापानका संरक्षक सुरज मल्लले बताए।

बुधवार दबै पक्षमा सहमति भई सयुक्त समिति बनेको बताइएको छ। क्षेत्रिय समितिको संरक्षकमा गंगा धर्तिमगर रहेका छन् भने संयोजकमा मनोजबम मल्ल रहेका छन्। उप- संयोजकमा भैरबप्रसाद अधिकारी, यमन देवन , बिकास राना मगर र भेषराज गौतम रहेका छन्। त्यस्तै सचिवमा विष्णु कार्की छन् भने सह- सचिवमा बिनोद कुमार सापकोटा, पवन पाण्डे र निलम राउत रहेका छन्। कोषाध्यक्ष यम वहादुर पाइजा छन् भने सह-कोषाध्यक्षमा सरोज बडाल र गोविन्द्र भूषाल छन् । कार्य समितिको सदस्यहरुमा कुशल पौडेल, सन्जय मन्डेला, मित्रलाल सिग्देल, नरेश राई र दलवहादुर कार्की रहेका छन्। अन्य सदस्यहरुमा सावित्री गुरुङ्ग , रमेश श्रेष्ठ, चिना रोक्का, सुजन कार्की, मनोज ढुङ्गाना, भानु पुरी, ईश्वर बस्नेत र शिव न्यौपाने छन्।

समाज सेवा गर्न सबै जना मिल्नु पर्ने भएकोले यस अघि जे भएपनि सबैजना मिलेर अघि बढ्न संयोजक मनोजबम मल्लले आग्रह गरे। त्यस्तै संरक्षक गंगा घर्तिमगरले यस समितिलाई आफ्नो पूर्ण सहयोग रहने बताउँदै सबै मिल्नुको बिकल्प नरहेको बताए। नागोयामा यस टिमले उदारिणय काम गरेर देखाउने उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




