{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627140180249","source":"other","origin":"unknown"}

टोकियो/जापान ।५७ वर्षपछि फेरि जापानमा सुरु भएको टोकियो ओलम्पिक जापानको समग्र ईतिहासमै निकै महत्वाकांक्षी ईभेन्ट हो । कोभिडका बाबजुद एक वर्ष ढिला गरेर भएपनि अहिले विश्वभरका खेलाडीहरुलाई सहभागी गराउँदै, ओलम्पिक २०२० सफलतापूर्वक सम्मपन्न गराउन जापान प्रयासरत छ ।

यहि २३ जुलाई औपचारिक समुदघाटन् गरिसकेको ओलम्पिकका विभिन्न खेलहरु आगमी अगस्ट १७ तारिख सम्म कायम रहनेछन् । विश्वका २०० भन्दा बढि मुलुकबाट आएका ११ हजार हाराहारीका खेलाडीहरुको सहभागिता हुने ओलम्पिक साँच्चै विश्व खेलप्रमीहरुको महाकुम्भ नै हो ।

टोकियो ओलम्पिक, जापानले कोभिड १९ को महामारीमा पनि संसार गतिशिल छ र भोलिको लागि आशावादी छ भन्ने देखाउने प्रयास गरिरहेको छ । भलै जापानभित्रै हरेकदिन जसो ओलम्पिक रद्द गर्नुपर्ने माग उठिरहेका थिए । इतिहास केलाउँदा जापानको संयोग नै त्यस्तै पर्ने गरेको देखिन्छ । सन १९६४ मा ओलम्पिक आयोजना गर्दा पनि दोश्रो विश्व युद्धले तहस-नहस पारेको केबल २ दशक मात्रै भएको थियो ।

त्यस्तो कठिन परिस्थितिमा पनि विश्वभर आशाको संचार गर्न सफस भएको थियो । अहिले फेरि ५८ वर्षपछि फेरि विश्व अदृश्य शत्रु( कोभिड)संग लड्दा/लड्दै आजित भएको समयमा यस्तो ठूलो समारोह आयोजना गरि अर्को उदाहरण पेश गर्दैछ। यहि माहन समारोहको उदघाटन सत्रमा देखिएको, संसारको मन जितेका केहि तस्बिरहरु


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार