{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627194781694","source":"other","origin":"gallery","sources":["352868610003201","276135311001201"]}

टोकियो/ जापान । गैरआवासीय नेपाली संघ (एनआरएन )जापानको निर्वाचन मितिमा अन्यौलता सिर्जना भएको छ ।

अधिवेशनको अघिल्लो रात, अन्तिम प्रहरमी कार्यसमितिको अन्तिम बैठकको निर्णय भन्दै,२७ तारिखका लागि तोकिएको निर्वाचन ३० तारिखका लागि सारिएको बताईएको थियो । यद्यपी सो निर्णयबारे कुनै औपचारिक जानकारी( विज्ञप्ती /सुचना )सार्वजनिक गरिएको छैन ।

ओसाकामा दशौँ अधिवेशनको संचालन भईराख्दा भईरहदा निर्वाचन समितिका संयोजकले भने निर्वाचन समितिसंग सल्लाह नै नगरी कार्यसमितिले आफु खुसी ३ दिन मिति सारेकोमा प्रकृया भन्दा बाहिर गएको भन्दा असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भन्डारीले जारी गरेको विज्ञप्ति अनुसार, एनआरएन जापानको कार्यसमिति एवं अनुगमन समितिको बहुमत सदस्यले निर्वाचन समितिसग सल्लाह बिना नै निर्वाचनको मिति सारेको जानकारी पाउदा दुख लागेको बताउदै समितिले आईतबार सॅाझसम्म आधिकारीक धारण सार्वजानिक गर्ने उल्लेख गरिएको छ। ।

कार्यसमिति तथा अनुगमन समितिको रवैया प्रति असन्तुष्ट निर्वाचन समितिले ३ बुँदामा आफ्नो धारण हरु सार्वजानिक गरेको छ । १. कार्य समितिको निर्णयानुसार मतदान गराउने २. कार्य समितिको निर्णयलाई खारेज गरि पूर्व निर्धारित मितिमै मतदान गराउने ३. निर्वाचन समितिबाट राजीनामा गरि अन्य उपायहरूको लागि बाटो खुल्ला गरिदिने

यो विज्ञप्ति प्राप्त भएपछि,निर्वाचन समितिका संयोजक नेत्र प्रकाश भण्डारीसंग नेपालन्युजपोस्टले गरेको टेलिफोन सम्बादमा संयोजक भण्डारीले केहि व्यक्तिहरुको स्वार्थ पुरा गराउन रचिएको बहानामा कार्यसमिति र अनुगम सिमितिका साथीहरुले एकलौटी निर्णय गरेको बताए । भण्डारीका अनुसार निर्वाचान समिति जसरी पनि २७ तारिखनै निर्वाचन गराउनुपर्छ भन्ने अडानमा अडिक छ । त्यसका बाबजुद पनि हामीले ३ वटा बिकल्पहरु प्रस्तुत गरेका छौँ । ति ३ बुँदामा सहमति जनाएमा प्रकृया अघि बढ्न सक्छ ।

यसरी हेर्दा केहि व्यक्तिहरुले एक मुस्ठ बनाएका (कुनै उम्मेदवार विशेषले अवैधानिकरुपमा समुहगत)सदस्यहरुको ईमेल ठेगाना परिवर्तन भएको अड्को थाप्नेहरुको सहजिकरणका लागि निर्वाचन मिति २७ को ठाउँमा ३० बनाए पनि निहित स्वार्थ पुरा नभएको खण्डमा ३० तारिख पनि निर्वाचन नहुने सम्भावना देखिएको छ ।

निर्वाचन समितिले कार्यसमितिलाई पठाएको पत्र जस्ताको तस्तै

श्री जनक बिक्रम शाही
महा सचिव
एन आर एन ए रा स प, जापान
जानकारीका लागि धन्यवाद। निर्वाचन समितिका तर्फबाट पूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई २७ को बिहान १०:०० देखि साँझ ८:०० सम्म मतदान गराउने तयारी सम्पूर्णरुपले सम्पन्न भैसकेको र मतदान मिति सार्ने अनुगमन समितिका बहुमत सदस्यहरू र कार्य समितिका केहि सदस्यहरूको मौखिक चाहना बिरुद्धको हाम्रो कड़ा प्रतिवाद र अनुरोधका बाबजुद हिंजो जुलाई २४ मा बसेको कार्य समितिको विशेष बैठकले मतदान मिति ३ दिनले पछाडि धकेल्ने निर्णय गरेकोमा निर्वाचन समिति खेद प्रकट गर्दछ।
मतदाता नामावली सम्बन्धि कुनैपनि विवरण र त्रुटीहरू निर्वाचन समितिको कार्याधिकार र कार्यक्षेत्र नरहेको कुरा यहाँहरू सम्पूर्णलाई हामीले भनिरहनु पर्दैन। निर्वाचनको प्रकृया चलिरहेकै अवस्थामा मतदाता र उम्मेदवारहरूको सहमति बिनानै गरिएको यो निर्णयले सम्पूर्ण निर्वाचन प्रकृयालाई विवादमा पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्कालका लागि निर्वाचन समितिले मतदान मिति जुलाई ३० तारीखमा सार्ने यो निर्णयलाई निर्वाचन समिति भित्र पनि छलफल गर्नुपर्ने देखेकाले निम्न तिन विकल्पहरुमा केन्द्रित भइ निर्वाचन समितिका अबका सम्भावनाहरूका बारेमा आज साँझसम्ममा जानकारी गराउनेछौं।
विकल्पहरू:
१. कार्य समितिको निर्णयानुसार मतदान गराउने
२. कार्य समितिको निर्णयलाई खारेज गरि पूर्व निर्धारित मितिमै मतदान गराउने
३. निर्वाचन समितिबाट राजीनामा गरि अन्य उपायहरूको लागि बाटो खुल्ला गरिदिने
यस निर्वाचनलाई केहि हदसम्म विवादरहित बनाउने निर्वाचन समितिका हामी सबैको निश्पक्ष प्रयासमा कुनै न कुनै रुपले नचाहँदा नचाहँदै पनि विवाद शृजना गराउने यहाँहरू लगायतको प्रयासको पुन: एक पटक कडा प्रतिवाद गर्दै खेद प्रकट गर्दछौं।
धन्यवाद।
नेत्र प्रकाश भण्डारी
निर्वाचन समितिका तर्फबाट

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार