{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1627728775458","source":"other","origin":"unknown","sources":["276135311001201"]}

टोकियो /जापान । गैरआसीय नेपाली संघ जापानको भर्खरै सम्मपन्न निर्वाचनमा प्रविधिको दुरुपयोग गरि धाँधली गरिएको भन्दै,नेतृत्व बाहिर पुगेका उम्मेदवारहरुले उजुरी दिएका छन् ।
ति असन्तुष्ट उम्मेदवारहरुले निर्वाचनमा केहि सिमित व्यक्ति तथा समूहहरुले प्रविधिको उपयोग गरी (अटो सेटिङ गरी) मतदान गराएको आरोप लगाउँदै, निर्वाचनको सत्य/तथ्य छानबिन गरि आधिकारिक बाहिर ल्याउने माग सहित उजुरी हालेका हुन् । यसरी उजुरी हाल्नेमा आईसिसि सदस्य देखि एनसिसि सदस्यसम्मका असन्तुष्ट उम्मेदवारहरु रहेका छन् ।

अध्यक्ष मण्डललाई सम्बोधन गरि दिएको उजुरीमा आरएनए जापानको दशौँ अधिवेशनको निर्वाचन अटोमेटिक रुपमा कम्युटर सेटिंग बाट गरिएको हुनाले विस्वासिलो आईटीको विज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोसणा गरि पाउ भन्ने माग गरिएको छ । उजुरीकर्ताहरुको दावी अनुसार ३६१५ वटा नक्कली भोट हालिएको प्रारम्भिक आइ टि रिपोर्ट संकलन भएको छ ।

निर्वाचनको नतिजाप्रति असन्तुस्टी जनाउने उम्मेदवारहरुको संयोजन गरिरहेका ( सम्पन्न निर्वाचनका आईसिसि सदस्यका उम्मेदवार) डा. बलराम श्रेष्ठले नेपालन्युजपोस्टसंग कुराकानी गर्दै भने-‘हामीले आईटि विज्ञहरुसंगको छलफल तथा परामर्श तथा एक तहको फ्याक्ट चेक गर्दा,धाँधली भएको प्रमाणित भएकाले सामूहिक उजुरी दिएका हौँ । ‘

यस्तो छ उजुरी, जस्ताको त्यस्तै प्रमाण सहित

यसै विषयमा निर्वाचन समितिले असन्तुष्ट उम्मेदवारहरुलाई स्पस्टिकरण पनि सार्वजनिक गरेको छ । यस्तो छ निर्वाचन समितिको स्पस्टिकरण

निर्वाचन समितिको स्पस्टिकरण

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार