विद्यार्थी जीवनको एक तहलाई समापन गर्दै अर्को तहमा प्रवेश गराउनु नै अध्ययनको सफलता हो।देश तथा विदेश जहाँ रहेपनि विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको ज्ञान तथा शिक्षाको आधारमा आफ्नो सक्षमता र क्षमतालाई सहि विन्दुमा पुर्याउनु हो।यतिबेला जापानमा निहोङ्गो गाक्कोउ 2年生(2nd Year)अध्ययन गर्दै गर्नुभएका विद्यार्थीवर्गहरु पनि अहिले सम्म पढेको तहलाई विट मार्दै सेनमोन गाक्कोउ तथा दाईगाकुको ढोका खोलि प्रबेश चरणलाई सुनिश्चित गर्दै हुनुहुन्छ।यतिबेला जापानमा अध्ययन गर्ने विदेशि विद्यार्थीवर्गहरुको बढ्दो आगमनले गर्दा सेनमोन गाक्कोउ र दाईगाकु प्रवेश प्रकृया तथा चयनको बाटो पनि निकै चुनौतिको रुपमा देखिन थालेको छ। त्यसैले त्यो चुनौतिलाई अवसरको रुपमा परिवर्तन गरि सफतालाई आफ्नो पक्षमा ल्याउन जरुरी छ।
विशेषगरी जापानमा 2022 April बाट सुरु हुने नया विद्यार्थी भर्ना प्रकृयाको लागि यतिबेला सेनमोन गाक्कोउ तथा दाईगाकुहरुले विभिन्न स्थानमा सेमिनार सन्चालन गरि 9 महिनाबाट लिखित तथा मौखिक परिक्षामा समावेश गराई विद्यार्थी छनोट प्रकृया गर्दछन भने अनलाइन बाट पनि परिक्षा लिने गरेका छन।यस प्रकृयालाई पुर्णता दिनको लागि गाक्कोउमा सेनसेइ सङ्ग विभिन्न सुझाव लिइ अघि बढ्नुपर्दछ। सर्वप्रथम परिक्षामा सहभागि हुनको लागि तयारी गर्नुपर्ने केहि डकुमेन्ट प्रकृया ;सम्बन्धित गाक्कोउबाट 願書(Applicationform)प्राप्त गरि Personal Data भर्नुपर्दछ ,नेपालबाट पास गरेको माथिल्लो तहको +2,Bachelor,Master)Transfer सर्टिफिकेटको जापानीज Translation , पासपोर्ट र 在留カード (Residence card) को फोटोकपि ,गाक्कोउबाट प्राप्त सेइसेकि स्योउमेइस्यो ,स्युउसेकि र सुइसेन्स्योउ तर सुइसेन्स्योउ सम्पुर्ण विद्यार्थीहरुले प्राप्त नगर्न पनि सक्छन र गाक्कोउअनुसार नियम फरक-फरक पनि हुन्छ सुइसेन्स्योउ भयो भने थप सहयोग तथा छुट पनि हुनसक्छ। यति गरिसकेपछि डकुमेन्ट बुझाएर परिक्षाको मिति निश्चित गरि बस्नुपर्दछ र गाक्कोउले तोकेअनुसारको रकम बैङ्क अकाउन्टमा डिपोजिट गर्दिनुपर्दछ।
लिखित तथा मौखिक परिक्षाको तयारी
विशेषगरी लिखित तथा मौखिक परिक्षामा सोधिने सम्भावित प्रश्न तथा केहि नमुनाहरु यसप्रकार छन;
लिखित परिक्षामा 文法,文字,語彙 बाट सामन्य प्रश्नहरु त्यसैगरी 漢字=ひらがな, ひらがな=漢字,作文 र केहि Mathmatics प्रश्नहरु,
मौखिक परिक्षा(Interview Examination)
विशेषगरी मौखिक परिक्षामा विद्यार्थीवर्गको भाषाको तहमापन गर्नलाई विभिन्न प्रश्नहरु सोध्ने गर्दछन जस्तै;
जापानमा अध्ययनको लागि आउनुको मुख्य कारण,आफ्नो अभिवाकको आम्दानिको मुख्य स्रोत,जापानमा आफुलाई मन पर्ने तथा मन नपर्ने पक्षहरु, सुरुका दिनमा जापानमा भोगेका असहज परिस्थितिहरु, बाइतो बाट प्राप्त अनुभवहरु, सम्बन्धित गाक्कोउ छनोट गर्नुको उद्देश्य ,सम्बन्धित विषय छनोट गर्नुको उद्देश्य ,स्योउखाईको माध्यम,जापानीज मन पर्ने खाना तथा आफ्नो रुचिका विभिन्न क्षेत्रहरु लगाएत आदि इत्यादि किसिमका प्रश्नहरु सोध्न सक्दछन त्यसैले पुर्वतयारी गरि बस्नु पर्दछ।
सेनमोन गाक्कोउ तथा दाईगाकुमा छनोट गर्न सकिने विषय तथा क्षेत्रहरु
सेनमोन गाक्कोउ(専門学校); २ वर्षको कोर्स सन्चालन हुने सेनमोन गाक्कोहरुमा IT,Global IT business,Hotel Mangement ,Fashoin Design , काईगोस्या (Caregiver) लगाएत अन्य क्षेत्रहरु सङ्ग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ ।आफुले पढेको विषय सङ्ग सम्बन्धित कम्पनिमा नाइयो मिलाउनु पर्ने हुदा आफुले काम गर्न चाहेको विषय छनोट गरि अघि बढ्नुपर्दछ । Fashion Design तिर जादा नेपालबाट दाईगाकु छैन भने कम्पनि पाउन गार्हो हुन्छ त्यसैले अहिले नै सोचेर अघि बढ्नुपर्ने हुन्छ।सेनमोन गाक्कोमा २ वर्षको शुल्क करिब १४०-१६०मान सम्म लाग्न सक्छ भने केहि थपघढ पनि हुन सक्छ र गाक्कोउ अनुसार फरक-फरक पनि हुनसक्दछ ।
दाईगाकु(大学): ४ वर्षे कोर्स सेमेस्टर प्रणालिमा सन्चालन हुने यस क्षेत्र तिर समय र पैसाको केहि बढि लागत लाग्न सक्छ तर दिर्घकालिन रुपमा बढि प्रभावकारिता हुनसक्दछ। नेपालबाट +२ पास गरेर आएका विद्यार्थीहरुले दाईगाकु अध्ययन गर्न सक्ने हो भने अझ बढि सुरक्षित हुन सकिन्छ जापानको प्रावधान अनुसार दाईगाकु पास गरेको विद्यार्थीवर्गलाई धेरै कम्पनिहरुमा प्रवेश गर्न सहज हुने अवस्था रहेको छ। दाईगाकुमा पनि विभिन्न विषयहरु IT,Global IT business,management ,Hotel and Tourism, Arts,Political Science तथा Business Law लगायत अन्य थुप्रै क्षेत्रहरु सङ्ग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ।
सेनमोन गाक्कोउ तथा दाईगाकु छनोट पछिको प्रकृया :
प्रायजसो गाक्कोउ हरुले नतिजा दिईसकेपछि ३-६ हप्तासम्ममा पैसा (३०-४०)मान बैङ्क डिपोजिट गर्दिनु पर्ने हुन्छ र यो गाक्कोउअनुसार फरक- फरक पनि हुने गर्दछ। धेरै विद्यार्थीहरुको सेनमोन तथा दाईगाकु प्रवेश सङ्गै Visa Update गर्नु पर्ने भएकोले सकेसम्म नेपालबाट (College Fee )पैसा बैङ्क Transfer गरियो भने थप सहयोग पुग्दछ तथा आफुले गाक्कोउमा पैसा डिपोजिट गर्ने समयमा नेपाल बाट आएको साथिहरुको पासपोर्टको पछिल्लो पेजतिर भएको Foreign Exchange For Travelling Expenses मा उल्लेख रकम नजिक छाप हानेको हुन्छ त्यो सङ्गै पासपोर्टको फोटोकपि गरेर बुझाउन पनि सकिन्छ यति गर्न सकिएन भने जापनमा कुनै पेशामा आवद्ध भएको व्यक्तिको बैङ्क खाताबाट रकम Transfer गरि फोटोकपि पनि बुझाउन सकिन्छ। नेपालबाट बैङ्क खाताबाट Transfer गर्नु परेमा गाक्कोउ बाट डकुमेन्ट प्राप्त गरि आफ्नो पासपोर्ट र 在留カード को फोटोकपि सहित पठाउनु पर्दछ र आफ्नो सम्बन्धित ब्यक्तिलाई भनि शिक्षा कार्यलयमा गई नया NOC Letter बनाउन भन्नुपर्दछ।
1 Year Class
यदि सेनमोन गाक्कोउ तथा दाईगाकुमा नाम निकाल्न सकिएन भने 1 Year Class पनि भर्ना हुन सकिन्छ जसबाट अर्को वर्षको लागि preparation Class सन्चालन हुन्छ भने नेपालबाट दाईगाकु भएको विद्यार्थीहरुलाई कम्पनि प्रवेशको लागि तयारी गर्न सकिन्छ्।
त्यसैले सम्पुर्ण विद्यार्थीहरु यतिबेला यि सबै कुराहरुलाई बुझेर अघि बढ्नुपर्ने हुन्छ ।
सेनमोन गाक्कोउ तथा दाईगाकुमा राम्रोसङ्ग पढियो भने स्योउगाकोकिन 奨学金 (Scolarship) पनि पाउने सम्भावना बढि हुन्छ। आफ्नो अध्ययन सङगै JLPT 能力試験 (Ability Test Exam) लाई पनि प्राथमिकता दिने गरौँ। विशेषगरी आजभोलि Student Visa तथा Working Visa Update गर्ने बेला न्युउखानले चेकिङ्ग गर्ने सम्भावना धेरै रहेको हुन्छ, त्यसैले सकेसम्म कसरी हुन्छ Overwork बाट Secured भएर काम गर्ने प्रयास गरौँ अनि जापानको दिर्घकालिन बसाई सुनिश्चित गरौँ तपाईहरु सम्पुर्णमा सफलताको शुभकामना ।।
मोहन कुवर गुल्मि सत्यवति गाउँपालिका
ओसाका जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




