{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1629608775578","origin":"gallery","fte_sources":[],"used_sources":"{"version":1,"sources":[]}","premium_sources":[],"is_remix":false}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समवन्य परिषद(आईसिसि)को आगामी कार्यसमितिमा अजीव गुरुङ (ओम)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निरन्तर एनआरएन अभियानमा जोडिएका गुरुङ, सन २००८ मा एनआरएनए जापानको उपाध्यक्ष, सन २०११ -१३ कार्यसमितिमा अध्यक्ष, सन २०१६ बाट १९ सम्मका कार्यसमितिहरुमा आईसिसि सदस्य तथा त्यस बाहेक पछिल्लो समय एनआरएनए जापानको संरक्षकका रुपमा आफ्नो सवल र अनुशासित एनआरएनए अभियन्ताको पहिचान बनाउन सफल छन् ।उनले, हाल एनआरएनए विधान समितिको सह-संयोजकको जिम्मेवारीमा रहेर विधानमा समय सापेक्ष सुधार गराउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । निरन्तर एनआरएनए अभियानमा संलग्न हुँदै समाजका अन्य विभिन्न संघ संस्थाहरुको सल्लाहकार, संरक्षक तथा नेतृत्वदायी भूमिकाहरु कुशलरुपमा सम्पन्न गर्दै आएका गुरुङ् आफ्नो अनुभव र क्षमताबाट एनआरएन अभियानलाई थप सवल, अनुशासित र समृद्ध बनाउने योजना सहित आगामी कार्यकालको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको बताउँछन् ।

गुरुङ, पर्वत जिल्लाको फलेवास नगरपालिका ८ ठानामौलाको खाल्टेमा जन्मिएका हुन् भने हाल चितवनको माडीमा बसोवास गर्दै आएका छन् । लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएका गुरुङ स्थापित एवं सफल रेष्टुरेण्ट र रेमिट्यान्स व्यवासायी हुन ।

नेपालन्युजपोस्टसंग कुरागर्दै गुरुङ्ले भने ‘समृद्धि,समावेशिता,सामूहिकता, संस्थागत सुदृढिकरणका लागि मेरो उम्मेदवारी’ हो । विगतका दिनहरुमा जस्तै समावेशीता सहितको समृद्ध, सवल र सुदृढ एनआरएनए निर्माणका लागि योगदान दिनु मेरो लक्ष हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार