{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1631703889259","origin":"gallery","fte_sources":["276135311001201"],"used_sources":"{"version":1,"sources":[{"id":"351174718074900","type":"premium"},{"type":"premium","id":"286918218015900"},{"id":"276135311001201","type":"ugc"}]}","premium_sources":["351174718074900","286918218015900"],"is_remix":true}

टोकियो/जापान । एनआरएनए जापान र आईएचएनओ(IHNO)को सहकार्यमा बिगतका वर्षहरुमा जस्तै यस पटक पनि जापानमा अध्ययनरत ५० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । बुधबार एनआरएनए जापानले एक सुचना जारी गर्दै, छात्रवृत्तीको लागि आवश्यक योग्यता तथा आवेदन दिने तरिकाबारे जानकारी गराएको छ। यस्तो छ एनआरएनए जापानको सुचना

यस अघि एनआरएनए जापान र IHNO ले संयुक्तरुपमा पत्रकार सम्मेलन आयोजना गरि सो कुरा मंगलबार नै जानकारी गराएको थियो । यस छात्रवृत्तिमा, जापानमा रहि जापानको भाषा स्कुल(日本語学校)भोकेश्नल कलेज( 専門学校) वा विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थीहरुलाई मासिक ३० हजार येन उपलब्ध गराईनेछ । सन २०१७ देखि एनआरएनए जापान र IHNO को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थी लक्षित यो छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

छात्रवृत्तिको लागि यहि सेप्टेम्बर २० तारिखबाट अक्टोबर १९ तारिखसम्म आवेदन खुल्ला रहनेछ ।
आबेदन को लागि निम्नतम योग्यता
१. जापान को स्कुल तथा कलेज मा नियमित बिधार्थी को रुपमा पढेको हुनु पर्ने।
२. नेपाली नागरिक हुनु पर्ने।
३. मिहेनत को साथ पठनपाठन गरेको हुनु पर्ने।
४. जापानी इमिग्रेसन को नियम दफा १९ अनुसार हप्ता को २८ घण्टा को पार्ट टाइम नियम पालना गरेको हुनु पर्ने।
५. IHNO को छात्रवृत्ति को लागि आवस्यक कागजात समयमा बुझाउनु पर्ने।
६. NRNA जापान बाट सिफारिस गरिएको हुनु पर्ने ।
७ . एनआरएनए जापानको पंजीकृत सदस्य भयको हुनु पर्ने छ(छात्रबृद्धि निबेदन दिनको लागि एनआरएनए जापानको २०२१-२०२३ को लागि पंजीकृत सदस्यता खुल्ला गरियको छ)

आवस्यक कागजातहरु
१. आबेदन फारम (१ तथा २ )
२. सम्झौता पत्र
३. निबन्ध
जापानी भाषा बिधालय को ले ४०० अक्षर भन्दा बढी / सेनमोन भन्दा माथि को बिधार्थी ले ८०० अक्षर भन्दा बढी
निबन्ध शीर्षक (१) तपाईले अध्यायको लागि जापान छनोट गर्नु को कारण के हो ? (२) कोराना भाइरस COVID-19 को कारण तपाई जिवनमा कस्तो प्रभाव परेको छ ? मध्ये एउटा छनौट गर्नु पर्ने छ ।
४. २०२१ नेनदो को ट्याक्स सर्टिफिकेट (काजेइ स्योउमेइस्यो)
५. २०२१ साल ९ महिना १ तारिक पछि निकालेको स्कुल को Running सर्टिफिकेट
६. रेसिडेन्ट कार्ड को कपि
७. जापानी भाषा (JLPT) सम्बन्धि कागजात (यदि JLPT आदि पास गरेको खण्डमा )
८. बैंक खाता सम्बन्धि फारम (IHNO ले निर्धारण गरेको अनुरुप )
९. जापान पोस्ट बैंक (JP Bank ) को बैंक खाता को कपि
10. यदि एनआरएनए जापानको पंजीकृत सदस्य बन्नु भएको छैन भने अनिबर्य सदस्य फारम भरि एनआरएनए जापानको खातामा ¥१००० जम्मा गरेको भौचर र सदस्यता फारम संगै पठाऊनु पर्ने छ ।
(नोट : JLPT पास नभएको भए पनि निबेदन दिन सकिने छ)
डकुमेन्ट पठाउने ठेगाना

〒:東京都千代田区永田町2-17-17アイオス永田町505 IHNO事務局
आबेदन दिने तरिका :
१. IHNO छात्रवृत्ति फारम प्रिन्ट गरि भर्ने। स्कुल ले लेखिदिनु पर्ने ठाउँ पनि स्कुल लाइ अनुरोध गरि लेख्न तथा छाप लगाउने।
छात्रवृत्ति फारम डाउनलोड गर्न नसकेमा info@ihno.net मा इमेल गरि प्राप्त गर्ने।
२. आवस्यक कागजात तयार गरि IHNO मा पठाउने। (ओरिजिनल डकुमेन्ट पोस्ट गर्ने)
३. IHNO को छात्रवृत्ति सम्बन्धि सेमिनार मा सहभागी हुने।
४. छात्रवृत्ति को लागि छनोट गरिएको खण्डमा प्रमाणीकरण समारोह मा सहभागी हुने।
५. प्रत्यक महिना छात्रवृत्ति को लागि आफ्नो काम को विवरण IHNO लाइ इमेल मार्फत पठाउने र छात्रवृत्ति प्राप्त गर्ने।

छात्रवृत्तिको लागि भर्नुपर्ने फारम यहाँबाट डाउनलोड गर्नुहोस्

गैरआवासीय नेपाली संघ जापानको फारम यहाँबाट डाउनलोड गर्नुहोस्

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार