
जुनसुकै देश भएपनि विदेशिभुमि हामीले सोचेको र कल्पना गरेको भन्दा नितान्त फरक हुन्छ। जसलाई हामीले जानकारी लिएर अघि बढ्नुपर्छ। ब्याक्ति र परिस्थिति अनुसार सबैको आ-आफ्नै सपना र चाहाना फरक फरक हुन्छन्।देश अनुसार जाने खर्च तथा लगानि पनि फरक फरक रहेको हुन्छ। सामान्यतया जापान आउदा एउटा विद्यार्थीले १ वर्षको कलेज फि ,६ महिनाको होस्टेल फि र केहि आवश्यक वस्तु सहितको खर्च लगाएत करिब १३/१४ लाख तिरेर जापान आएको हुन्छ। प्रायजसो विदेश जादा हामी नेपालीहरु ब्याजमा ऋण खोजेर जानुपर्ने बाध्यात्मक परिस्थिति रहेको हुन्छ। जुन सोचका साथ विदेश आएका हुन्छौ त्यो सोच भन्दा फरक पाएको हुन्छौ विदेशि भुमिलाई । एक भाषाको राम्रो ज्ञान नहुनु अर्को सोचे अनुसार काम नपाइनु र यहाको नियम पालनाको परिधि भित्र रहन नसक्नु जस्ता असहज परिस्थितिले विभिन्न समस्या उत्पन्न हुन्छ।
जापानमा विद्यार्थीको सामान्यतया एक महिनाको खर्च :
आफ्नो छोराछोरी पढ्न भन्दा पनि पैसा कमाउन गएको छ भन्ने कुरा तपाई हाम्रो परिवारको आर्थिक अवस्थाले सोच्न बाध्य बनाएको हुन्छ। महङ्गो शहर सङ्गै दैनिकि खर्चहरु लगाएत बस्ने रुम पनि त्यहि दरमा हुनु एउटा सामान्य प्रकृया नै हो,त्यसैले जापानलाई खर्चिलो शहरको रुपमा चिनिन्छ। एउटा सामान्य रुमको रेन्ट,बिजुली,ग्यास र खानेपानी गरेर करिब ७०-८०हजार तिर्नुपर्ने हुन्छ जसमा २/३ जना साथिहरु मिलेर बस्न सकिन्छ।यसैगरी कलेज फि एक महिनाको ६५-७५ हजार तिर्नुपर्ने हुन्छ र बाकी खर्चहरुमा ब्याक्तिगत खर्च खाना तथा खाजा, ट्रेन , मोबाइल र सरकारलाई तिर्नुपर्ने कर र स्वास्थ्य बीमाको रकम गरेर करिब १ लाख साठी हजार देखि १ लाख सत्तरी हजार सम्म पुग्ने गर्दछ।(१ मान=१०,०००)
विद्यार्थी जीवन सुनौलो भविष्यको लागि एउटा सङघर्षको पाइला हो जहा विभिन्न परिस्थितिको चुनौतिलाई सामना गर्दै अघि बढ्नु पर्नेहुन्छ। जापान एउटा यस्तो देश हो जसले निरन्तर रुपमा इमन्दारीताका साथ समयको पालना गर्दै अघि बढ्न सिकाएको हुन्छ। देश अनुसारको भेष भने जस्तै आफुलाई पनि ठाउँ र परिस्थिति अनुसार बदल्न सक्नु नै मानिसको एउटा सकरात्मक बलियो पक्ष हो।
जापानमा विद्यार्थीहरुलाई काम गर्न तोकिएको हप्ताको नियम : कानुनि नियमअनुसार विद्यार्थीहरुको लागि प्रतिहप्ता २८ घण्टा तोकिएको हुन्छ भने सामान्यतया प्रति घण्टा दिउँसोको समयमा १ हजार एन र रात्रिकालीन काममा २५% थपिएको हुन्छ , जसबाट कानुनी नियम अनुसार काम गर्दा आम्दानि रु १ लाख दश हजार देखि १ लाख १लाख २० हजार जति हुन आउछ त्यो आम्दानीले कलेज फि तिरेर आफ्नो खर्च पुर्याउन पुग्दैन।प्रायजसो नेपाल, भियतनाम, श्रीलङ्का, बङगलदेश र म्यानमार बाट आउने धेरैजसो विद्यार्थीहरुले आफ्नो खर्चलाई सहज बनाउन २ वटा काम गर्नै पर्ने हुन्छ।जसको कारणले काम धेरै गर्दा भिषाको (Visa)समय थप्ने बेला चेकिङ्गमा परियो भने इमिग्रेसनले भिषा रध्द गर्दिने सम्भावना बढी रहेको हुन्छ । जापानमा पहिलाको भन्दा अहिले विद्यार्थीहरुको लागि नियम अलिक कडा भएको छ त्यसैले जापानमा विद्यार्थी भिषामा आउनु भन्दा पहिले राम्रोसङ्ग सोचविचार गर्न जरुरी छ। आफुले सोचेर जापान प्रवेश गरेको भन्दा भोगाई नितान्त फरक र भिन्न भएको कारणले गर्दा कतिपय विद्यार्थीहरु आत्महत्याको शिकार हुने गर्दछन।
आत्महत्याका घटनाहरु किन बढिरहेका छन ?
आफुले सोचे अनुसारको प्रतिफल प्राप्त गर्न नसकि दिमागमा धेरै कुराहरुलाई नकरात्मक तरिका बाट सोच्नु नै आत्महत्यालाई मुख्य कारणको रुपमा लिन सकिन्छ। विशेषगरी नेपाल बाट आएको ऋण तिर्न नसक्नु ,भाषाको कमिले गर्दा सोचे जस्तो काम नमिल्नु,कलेजले तोकेको समयमा फि तिर्न नसक्नु ,
भाषाको कमिले गर्दा सेनमोन गाक्कोउ तथा दाइगाकु प्रवेशको परीक्षा पास गर्न नसक्नु ,
कामको लागि कम्पनि प्रवेश गर्न नसक्नु ,
लिभिङ टुगेदरको अपरिपक्कता,
विश्वासिलो साथिबाट आफ्नो ब्याक्तिगत घटना सामाजिक सन्जालमा बाहिर आउनु ,
स्वास्थ्यमा ठुलै समस्या देखिनु र दुर्घटना परि अङ्गभङ्ग हुनु जस्ता समस्या सिर्जना भएमा पनि जापानमा विद्यार्थीको अवस्था जटिल हुने गर्दछ र यस्तै विभिन्न कारणले यहाँ रहेका केहि विद्यार्थीले आत्महत्यालाई अन्तिम विकल्पको रुपमा आत्मसाथ गरेका हुन्छन्।
आत्महत्याका घटनाहरुलाई न्युनिकरण गर्न चाल्न सकिने केहि कदमहरु :
विशेषगरी विदेश एउटा सङघर्ष गर्न सक्ने ब्याक्तिहरुको लागि अवसर को मैदान हो त्यसैले कुनै पनि देशमा जानु पुर्व आफुमा सङघर्ष गर्न सक्ने क्षमता तथा आत्मविश्वास लाई राम्ररी विश्लेषण गरेर मात्र विदेशको यात्रा तय गर्न जरुरी हुन्छ।
विशेषगरी नेपाल बाट जापान आउनु भन्दा पहिले एउटा Consultancy को भरमा र अरुले गरेको प्रगतिलाई देखेर आउने प्रबृतिको अन्त्य गरौँ ।अरुले गरेको कुरा सुनेको भरमा अरुको प्रगति सुनेर भन्दा वास्तविकता बुझेर मात्र अघि बढौ किनकी विदेशीभुमि सामाजिक सन्जालको भित्तामा घुम्न गएका मनोरम दृश्य र मिठो मुस्कान भन्दा धेरै फरक छ ।त्यसैले विदेशी भुमिमा केहि गर्ने सपना बोकेर जानु भन्दा अघि आफ्नो मनस्थिति लाई बलियो बनाएर प्रवेश गर्नु एकदम उत्तम हुन्छ।
सानै उमेरमा विदेशमा पढ्न जाने सपनाको अन्त्य गरौँ:
घरको आर्थिक अवस्था कमजोर हुदाहुदै पनि छोराछोरी लाई उच्च शिक्षा हासिल गर्न विदेश पठाउने ब्याजमा ऋण खोजेर १९/२० वर्षको कलिलै उमेरमा विदेश पठाउने प्रकृयालाई नियन्त्रण गरौ। जापान आइसकेपछि आर्थिक अवस्थाको भारलाई पुरा गर्न पढाइ भन्दा पनि पैसा तिर केन्दृत भएर भाषाको कमिले गर्दा कलेज प्रवेश तथा कम्पनि प्रवेशको अवस्था चुनौतीपुर्ण भएको देखिन्छ।
एक्लोपन बाट टाढा हुने प्रयास गरौ :
आफ्नो घरपरिवारबाट निकै टाढा हुने भएकाले एक्लोपनको महसुस हुने गर्दछ।त्यसैले कलेजका तथा काम गर्ने ठाउँका साथिहरु सङ्ग नजिक हुने आफ्नो मनका कुराहरु एक अर्कामा शेयर गर्ने साथै कहिलेकाही घुमघाम तथा रेस्टुरेण्ट तिर सङ्गै खाना खान जाने गरियो भने केही हदसम्म भएपनि मानसिक रुपमा खुशि प्राप्त गर्न सकिन्छ ।
आर्थिक अवस्थाको व्यवस्थापन :
विशेष गरी जापानमा हरेक सेवा सुविधा देखि लिएर दैनिकि प्रयोगका सामानहरु अत्यन्तै महङ्गो हुने गर्दछ्। त्यसैले साथिहरु सङग अनावश्यक रुपमा पैसा सापट लिने , अनलाईन शपिङ्ग तथा ठुला ठुला खर्चमा क्रेडिट कार्डको प्रयोग गर्ने जस्ता बानीबाट टाढै बस्नुपर्दछ।सकेसम्म खर्च कम गरेर वचत गर्ने बानी बसाल्न सकियो भने भैपरी आउने समस्यालाई सजिलै समाधान गर्न सकिन्छ।हामीले सोचेको र कल्पना गरेको भन्दा निकै फरक हुन्छ जीवनको भोगाइ त्यसैले हरेक परिस्थितिलाई सहज रुपमा लिई अघि बढ्नुपर्दछ।आफुमा सामाजिक तथा सहयोगी भावनाको विकास गर्न सकियो भने धेरै साथिभाईहरु सङ्ग घुलमिल हुन सकिन्छ जसले आफुलाइ समस्या पर्दा सहजै रुपमा समाधान गर्न सहयोग प्राप्त हुन्छ। त्यसैले नेपालबाट जापान आउदा बोकेर आएका सपनाहरुलाई पुर्णता दिनको लागि सङघर्षको पाइला जारी राखी आत्महत्याको सोचलाई मनबाट टाढा राखौँ ।
मोहन कुवर सत्यवती -२,चेहेमी गुल्मी
ओसाका , जापान
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




