{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1632544191727","origin":"unknown","fte_sources":["276135311001201"],"used_sources":"{"version":1,"sources":[{"id":"276135311001201","type":"ugc"}]}","premium_sources":[],"is_remix":true}

दीपक गौतम, टोकियो /जापान । एनआरएनए जापानको खातामा रहेको करिब २ करोड ५० लाख यन गायब भएको छ । निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै निबर्तमान कोषाध्यक्ष कालिका थापाले बर्तमान कोषाध्यक्ष कृष्ण गैरेलाई अहिले सम्म बरबुजारत गरेकी छैनन् ।

निवर्तमान कोषाध्यक्ष थापाले नया कार्यसमितिलाई हस्तान्तरण नगरेको बैंकको खाता बाट करिब २ करोड ५० लाख यन गायब भएको हो । थापाले बैंकिङ्ग कागजपत्र नया कार्यसमितिलाई बुझाउन अश्वीकार गरेपछि कार्यसमितिले नया कागज पत्र बनाएको र उक्त खातामा अघिल्लो कार्यकालको ४७० यन मात्रै देखिएको नव निर्वाचित एक सदस्यले भने जानकारी दिए ।

तत्कालिन कोषाध्यक्ष थापाले ओसाकाको अधिबेशनमा पेश गरेको आर्थिक प्रतिबेदनमा हाल सम्मको बैंक मौज्दात (३ ओटा खातामा) २ करोड ४७ लाख ७५ हजार ९६३ रुपया उल्लेख गरिएको थियो ।

थापाले ओसाका अधिबेशनमा पेश गरेको आर्थिक प्रतिबेदन अनुसार जेपी बैंकको खाता नम्बर ९५७०९७०१ मा २ लाख ६६ हजार ८५१, खाता नम्बर ५२३७०३६१ मा १ लाख ४८ हजार ८४१ र खाता नम्बर १३४३१५६१ मा २ करोड ४३ लाख ६० हजार २७१ यन बैंक मौज्दात रहेको उल्लेख गरिएको छ।

निवर्तमान कोषाध्यक्ष थापाले पेश गरेको आर्थिक प्रतिबेदनलाइ आधार मान्ने हो भने खाता नम्बर १३४३१५६१ मा २ करोड ४३ लाख ६० हजार २७१ हुनु पर्नेमा जम्मा ४७० बाँकी देखिएको हो ।

यस बिषयमा बुझ्न खोज्दा कार्यसमितिका कसैले पनि प्रतिक्रिया दिन मानेनन् । यता निबर्तमान कोषाध्यक्ष कालिका थापाले भने रकम नझिकिएको दावी गरिन । ‘बैंकका सबै कागज पत्र म संग छन्, कसले कसरी थाह पायो कति पैसा छ भनेर ?’ थापाले भनिन ‘पैसा कसैले झिएको छैन, बाँकी कुरा तपाइलाई जसले भन्यो उसैलाई सोध्नुस’ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार