
फुकुओका/जापान । गैरआवासीय नेपाली दिवस (NRN DAY) कोअवसरमा गैरआवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिको संयोजकत्वमा “एनआरएनएको महत्व र हाम्रो भूमिका” बिषयक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना हुनेभएको छ ।
गैरआवासीय नेपाली दिवस (NRN DAY) गैरआवासीय नेपालीहरुको एउटा विशेष दिन हो। नेपाल सरकारले सार्क राष्ट्र बाहेकका अन्य बिदेशी मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुलाई गैर आवासीय नेपाली(एनआरएन) परिभाषित गर्दै उनीहरुको हक, हित र अधिकारको सुनिश्चित एवं नेपाल सँग जोड्ने माध्यम बनाउन धेरै कार्य हरु गर्दै आइरहेको कुरा अवगत नै छ। यसलाई मध्यनजर गर्दै हरेक वर्ष असोज २५ गते (यस वर्ष अक्टोबर ११ तारिख परेको छ ) गैर आवासीय नेपाली दिवस (NRNA DAY ) घोषणा गरेको छ।
एनआरएनए को स्थापना भएको १८ वर्ष पुरा गर्न लाग्दै गर्दा यस संस्थाले स्थापनाकालमा परिकल्पना गरेको अवधारणा र आजको दिनमा भईरहेको यसको कार्य योजना बारे एनआरएनएका संस्थापक देखि हालका नेतृत्व एवं एनआरएनए सँग सम्बन्धित व्यक्तित्वहरु सँग बिशेष अन्तरक्रिया गरिनेछ ।
कार्यक्रममा प्रमुख वक्ताको रुपमा गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष देवमान हिराचन सहभागी हुनेछन् ।

कार्यक्रममा, के एनआरएनएले स्थापना कालमा परिकल्पना गरिएको एनआरएनएको मर्म बमोजिम कार्य गरेको छ त ? अब यसको सुधार गर्नुपर्ने कुराहरु के के छन् ? जस्ता बिषयमा बक्ताहरुले आफ्नो भनाइ राख्नु हुनेछ। विश्वको ८० वटा भन्दा बढी देशमा “नेपालीको लागी नेपाली “ भन्ने मुल नारा बोकेर फैलिएको एनआरएनए अहिले विभिन्न बिवादहरुमा मुछीएको कुराहरु पनी समाचारमा आइरहेका छन्। एनआरएनएमा भएका बिकृती, बिसंगती न्यूनीकरणको निमित्त के-कस्ता कार्यहरु गर्न सकिन्छ भन्ने विषयहरुमा छलफल हुने बताईएको छ ।
कार्यक्रममा,गैरआवासीय नेपाली संघ, जापान क्युस्यु क्षेत्रीय कार्यसमितिले आयोजना गरेको जापान ब्यापी निबन्ध प्रतियोगितामा प्राप्त भएका निबन्धहरु संकलन गरी तयार गरिएको “मैले चिनेको र चाहेको एनआरएनए निबन्ध संग्रह ” पुस्तिका पनि बिमोचन गरिने जानकारी गराईएको छ ।
अनलाइनको माध्यमबाट हुने यस कार्यक्रम अक्टोबर ११ तारिख साँझ ७ बजे देखि जूम मार्फत संचालन हुने छ भने जापानमा रहेका विभिन्न मिडियाहरुले प्रत्यक्ष प्रसारण गरिने छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




