
टोकियो/जापान ।एनआरएनए जापानको खाताबाट हराएको भनिएको करिब २ करोड ५० लाख येन एनआरएनए जापानकै अर्को खातामा रहेको बुझिन आएको छ ।
नेपालन्युजपोस्टडटकममा यहि सेप्टेम्बर २५ तारिख “एनआरएनए जापानको खाताबाट २ करोड ५० लाख येन गायब”शिर्षकमा समाचार प्रकाशित भएपछि, विश्वभर रेहेका गैरआवासीय नेपालीहरुबीच रातारात चर्चा/ परिचर्चा भएको यस बिषयमा निर्वतमान कार्यसमितिका पदाधिकारी एवं गत जुलाई ३० मा सम्पन्न एनआरएनए जापानको निर्वाचनप्रति असन्तुष्ट पक्षहरुको समूहले एनआरएनए आईसिसिका अध्यक्ष कुमार पन्त,प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष शेष घले,संरक्षक तथा संस्थापक अध्यक्ष उपेन्द्र महत्व,संरक्षक तथा पुर्वाध्यक्ष देवमान हिराचन,संरक्षक तथा पुर्वाध्यक्ष जिबा लामिछाने,संरक्षक तथा पुर्वाध्यक्ष भवन भट्ट, संरक्षक राम प्रताप थापा, अध्यक्ष मण्डल, अनुगमन समिति एवं जापान स्थित नेपाली संघसंस्थाहरु तथा सम्पूर्ण नेपालीहरु र संचारकर्मिहरुलाई समेत सम्बोधन गरि जारी गरिएको विज्ञप्तिका अनुसार,उक्त रकम खाताबाट हराएको नभई बिबादित नयाँ कार्यसमितिलाई बुझबुझारथ नगरिएको मात्रै बुझिन आएको हो ।
वास्तविकता के रहेछ त ?
निवर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष,कोषाध्यक्ष, सचिब लगायतका पदाधिकारीहरु एवं जुलाईमा सम्पन्न निर्वाचनका असन्तुष्ट विभिन्न पदका दावेदारहरुले संयुक्तरुपमा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तीमा( जानकारी पत्र)मा उक्त रकमबारे लेखिएको प्रस्टिकरण जस्ताको तस्तै – “एनआरएन जापानको खातामा रहेको पैसा कुनै पनि कार्यसमितिको निजि सम्पति हैन त्यो सम्पूर्ण जापान बासि नेपाली हरुको साझा सम्पति हो भन्ने बिषयमा २०१ ९ -२०२१ को कोषाध्यक्ष कालिका थापा लगायत हामी सम्पूर्ण सचेत छौ । जापानमा निर्बाचन धाधली भएको पुस्टि भएको यतिका दिन बितेर दोषीलाइ कारबाही गरेर मात्र संस्थालाई निकाश दिन सकिन्छ भनि हामी निरन्तर लगिरह्दा अध्यक्ष कुमार पन्त लगायतको टोलीले यो अपराध लाइ लुकाएर अगाडी बढ्न खोजेको कारण बाध्यात्मक परिस्थितिले गर्दा यो घटना एनआरएनए को इतिहासमा पहिलो पटक पररास्ट्र मन्त्रालय पुगेको कुरामा सबै जना जानकार नै हुनुहुन्छ।यसै परिस्थितिलाई मध्यनजर गर्दै दोषीहरु माथि कडा कारबाही गरि पुन निर्बाचन नभएसम्म संस्थाको सम्पूर्ण खाता २०१ ९ -२०२१ को कोषाध्यक्ष कालिका थापा र कार्यसमिति संग सुरक्षित रहेको र यस बिचमा जापानबाट नै आइसिसिको प्रतिनिधित्त्व गर्ने केहि द्वैद भूमिका खेलिरहने व्यक्तिहरुले समेत धम्कि पूर्ण तरिकाले कथित समितिलाई हिसाब किताब बुझाउन अनुरोध गरेको र त्यसको बेवास्ता गर्दै आएकोले विभिन्न तरिकाले कोषाध्यक्ष कालिका थापा लाइ र १ ९ -२१ कार्यसमिति लगायत हामी एन आर एन अभियन्ताहरु लाई ठेस पुग्ने हर्कत गर्दै आएको हुनाले र मृत व्यक्तिको क्षतिपुर्ति बापत बिमा कम्पनिबाट प्राप्त रकम दुरुपयोग गरि लाखौ घोटाला गरि निलम्बन मा परेका २०१ ९ -२०२१ कार्यकालका अध्यक्षको निर्लज्ज सक्रियताले जापानबासी नेपालीहरुको सम्पतिको त्यो रकम पनि दुरुपयोग हुने होकी भन्ने डर ले त्यसको सुरक्षार्थ एनआरएन जापानको तिन खाता मध्ये एक खातामा रकम सारेको र सुरक्षित रहेको जानकारी गराउदछौ।जापान सरकारको नियम कानुन मा रहेर दर्ता भएको संस्था को खातामा पनि लुकी छिपी छलकपट जस्तो अपराध गरेर निलम्बित कलंकित अध्यक्षको सक्रियतामा जुन अपराधको हिम्मत गरिएको छ त्यो आफैमा बदनियतपूर्ण र खेद जनक रहेको छ “
एनआरएनए जापानको खाता कतिवटा छ त ?
एनआरएनए जापानको खातामा रहेको रकमका बारेमा समाचार प्रकाशन भईसके पछि, हामी( नेपालन्युजपोष्टडटकम)लाई समेत आक्षेप लागाईएपछि, यसबारेमा एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग कुराकानी गर्दा प्रधानांगले भने-“एनआरएनए जापानको अहिले खाता ३ वटा छ, २ वटा मेरै पालामा बनाईएको हो जसमा,भवन भट्ट जी र मेरो नाम छ । पछि हामी दुवै संधै उपस्थित हुन नसक्ने र हामी नभई बैंकको कामकाज चलाउन गाह्रो भएपछि साथीहरुले अर्को नयाँ खाता बनाएका हुन् ।”एउटै संस्थाको खाता किन यति धेरै चाहिएको त भन्दा प्रधानांगले भने -“ हामीले २ खाता प्रष्ट उदेश्यका साथ बनाएका थियौँ, एउटामा एनआरएनएका सदस्यहरुको शुल्क तथा पदाधिकारीको लेबि मात्रै संकलन गर्ने र अर्को, विभिन्न किसिमका भैपरी आउने घटनाहरुमा आवश्यक सहयोगहरुको संकलन तथा वितरणका लागि ।त्यहि अनुरुप हामीले काम पनि गर्यौँ । पछि फेरि एनआरएनए एनपिओ होउजिनमा दर्ता भएपछि हामीहरुको नाममा रहेको खाता संचालनमा गाह्रो भएर नि हुनसक्छ, देबिलाल भण्डारीहरुले अर्को बनाएछन् । यसरी एउटै संस्थाको धेरै खाता भएको हो ।”
एनआरएनए जापानको हाल ३ वटा खाताहरु संचालनमा छन् , जुन कुरा एनआरएनए जापानको अधिवेशनमा प्रस्तुत आर्थिक प्रतिवेदनमा पनि छ । त्यसरी हेर्दा हाल -९ ५७० ९ ७०१,५२३७०३६१ र १३४३१५६१ यि ३ वटै बैंक खाताहरु संचालनमा रहेको छ । र यि ३ खाता मध्ये ३ वटै खाता र हिसाब किताब अहिलेको नयाँ कार्यसमितिलाई बुझबुझारथ भएको छैन । त्यसैले एनआरएनए जापानको खातामा रहेको रकम, यस अघि हामीले समाचारमा उल्लेख गरिएको ( जहाँ अधिवेशनमा प्रस्तुत प्रतिवेदनमा समेत मौज्जाद देखाईएको थियो) खातामा नभई अर्कै खातामा सारिएको छ । परिणाम हामीलाई प्राप्त खातामा केबल ४७० येन मात्रै देखिन आयो ।
किन अर्कै खातामा सारियो त ?
यस प्रश्नको जवाफ माथि पनि आईसकेको छ । निवर्तमान कार्यसमिति वर्तमान कार्यसमितिलाई मान्न तयार छैन, किनकि धाँधली भएको भनि छानबिन समितिले प्रष्ट पारिसकेको छ ।त्यसैले पुनः निर्वाचन नभएसम्म कुनैपनि हर/हिसाव नबुझाउने उनिहरुको समूहिक निर्णय रहेको छ । तर त्यो ३ वटा बैंक खाता मध्ये एउटा खाता भने निवर्तमान कार्यसमितिका निलम्बित अध्यक्ष देविलाल भण्डारीको नाममा छ, र त्यो खातामा उक्त रकम रहँदा, उनको माध्यमबाट नयाँ कार्यसमितिले भोग/चलन गर्न सक्ने सम्भावना भएकाले देविलाल भण्डारीको पहुँचमा नरहेको अर्कै खातामा सारिएको बारे आफुलाई जानकारी भएको संस्थापक अध्यक्ष राजन प्रधानांगले समेत बताए । प्रधानांगले भने-“ रकम सुरक्षित छ,यो नयाँ कार्यसमितिलाई नदिईएको मात्रै हो ।संस्थाको रकम कहीँ गएको छैन ।”
खाता बुझबुझारथ नभईकन नयाँ कार्यसमितिले कसरी बैंक मौज्दात बारे थाह पायो त ?
हो, यहाँ निर निवर्तमान कार्यसमितिले गरेको पुर्वानुमान अनुसारकै घटना भएको देखिन्छ । माथि पनि उल्लेख भईसकेको छ कि,एनआरएनए जापानको ३ वटा खाता मध्ये एउटा निवर्तमान कार्यसमितिका निलम्वित अध्यक्ष देवीलाल भण्डारीको नाम छ, हो सरसरी हेर्दा उनै भण्डारीको माध्यमबाट नयाँ कार्यसमितिले उक्त बैंक खाताको नयाँ पासबुक निकालेको देखिन्छ । र सोहि नयाँ पासबुकको अगस्ट २३ तारिख गरिएको अपडेटमा जम्मा ४ सय ७० येन मात्रै देखिन आएको हो । यसरी बुझबुझारथ नभएपनि हामी खाता चलाई हाल्छौ नी भन्ने सोचेको नयाँ कार्यसमितिलाई निवर्तमान कार्यसमितिको चलाखीले दाँतमा ढुंगा लागेको देखिन्छ ।
एनआरएनएको खाताको पैसा सुरक्षित रहेको प्रमाण के छ त ?
एकै वाक्यमा भन्दा “विश्वास” किनकि निवर्तमान कार्यसमिति मात्रै नभई संस्थापक अध्यक्ष प्राधानांग स्वयमले समेत नेपालन्युजपोष्टसंग दोहोर्याएर भनेका छन् कि “पैसा कहीँ गएको छैन, एनआरएनए जापानको खातामा छ, ढुक्क हुनुस्, यि दुई पक्षको विमतीले मात्रै यस्तो भएको हो । ३ वटै खाता एनआरएनए जापानकै हो ।” प्रधानांगले मात्रै होईन, अधिवक्ता समेत रहेका बलराम श्रेष्ठले समेत भने -“राजदूतावास जाँदा उपनियोग प्रमुख समक्ष खाता नै देखाएका हुन्, त्यसैले रकम कहीँ गएको छैन ।”
त्यसो,भए समस्याको जड के हो त ?
पदका लागि मरिहत्य गर्ने तर नेतृत्व सम्हाल्न नसक्ने पदलोलुप आईसिसि पदाधिकारीहरुको द्वैध चरित्र एनआरएनए जापानको मुख्य समस्या हो । उनिहरुले आफ्नो सम्भावित पद फुस्केला की ! पराजित होउँला कि ! भन्दै कुनै ठोस निर्णय लिन नसक्दा नै एनआरएनए जापानको गतिविधिले जग हँसाएको हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




