{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1633608382385","origin":"gallery","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"version":1,"sources":[{"id":"243173517047900","type":"premium"}]}","premium_sources":["243173517047900"],"fte_sources":[]}

सुनौला सपना र रहरहरुको खोजिमा स्वदेशको बेरोजगारी समस्या बाट भाग्दै विदेशमा पुगेका, त्यसमाथी पनि जापान जस्तो देशमा भएका युवाहरुमा बाढ्दो आत्महत्याको ग्राफ प्रत्येक वर्ष उकालो लाग्दो छ ।

गाउँघरमा स्कुल पढ्ने देखि लिएर शहरमा कलेज पढ्नेहरुका सपना पनि विदेश जाने नै धेरै छन । अझ पछिल्लो समय विद्यार्थी भिषामा होस या रोजगारिका लागी जेट पेलेन चढेर विदशिन मात्रै पाए र समुन्द्रको छेउँमा उभिएर सामाजिक सँजालमा फोटो देखाउन पाए क्षेणभरका लागि मात्रै भएपनि आफु सफल भएको अनुभुती गर्नेहरुको सँख्या धेरै छ ।

बाग्लुङ गल्कोटका पनि धेरै भन्दा धेरै युवाहरु सपनाको खोजिमा जापानमा छन । कोहि आफ्नै रहरले त कोहि बाबुआमाको लहडले जापानमा भौतारिई रहेका छन । सुनौलो र रोमान्चित जिवनशैलीको आशाले नेपालमा यहिँ बसेर केहि गर्न सक्ने र देश विकाशमा टेवा पु¥याउन सक्ने भर्खरका युवाहरु पनि पलाएन भएर जापानतिर दौडिरहेका छन ।

उनिहरु जापान जाँदा आफुमात्रै जाँदैनन, आफ्नो भाषा, सँस्कृति, रहन, सहन र परिवेशलाई सँगैलिएर जान्छन । जव उनिहरुको आफ्नो पन र त्यहाँको परिवेशले मेल खाँदैन तव त्यसले समस्या सृजना गर्न थाल्दछ, र त्यसकै परिणाम स्वरुप विभिन्न दुर्घटनाहरु उब्जिन थाल्दछन ।

जुन सोच र सपना बोकेर युवाहरु आज विदेशिन्छन, यसको पाँच वर्ष पछि उनिहरु नेपाल फर्कदा, नेपालमै धेरै परिवर्तन भएको र महँगीले आकाश छोएको उनिहरुले पाउँछन । विदेश गएर दुईचार वर्ष दुःख गरि नेपाल आएर मोज गर्ने उनिहरुको सपना जव पानीमा मिसिन्छ तव उनिहरुमा नैरास्यता आउँछ र त्यसले पनि उनिहरुलाई दुर्घटनातिर डो¥याउँछ ।

त्यसैगरि पछिल्लो समय नेपालीहरुले आफु सँगै परिवार पनि विदेश लैजान पाउने भएपछि र श्रीमनले भन्दा श्रीमतीले बढि कमाउने हुन थाले पछि, हरेकको परिवारमा द्धवन्द बढ्दो छ । आफ्नो कमाई बढि भएपछी, देश परदेशको जिवनशैली देखेपछि र सामाजिक सँजालमा खेल्न थालेपछि श्रीमतीहरुले पनि आवज उठाउनु, स्वतन्त्रता खोज्नु र फरक जिवनशैली अपनाउन खोज्नु सामान्य कुरा हो । नेपालमा झुम्री बनाएर श्रीमती कजाउँने बानी परेका पुरुसहरुका लागि यो कुरा अपाच्य बन्दै जान थालेपछी परिवारिक द्धवन्दले बृहत रुप लिदै दुर्घटनातिर डो¥याउन थाल्दछ ।

हेर्दा सामान्य जस्तै लागे पनि पछिल्लो समय सँगै जापानमा बस्दै आएका धेरै जोडीहरुमा समस्याहरु देखिन थालिरहेका छन । एक आपसमा डिभोर्स भै नहालेपनि सँगै बस्न नसकेका, श्रीमान या श्रीमती अर्कैसँग लागेर बाहिर कसैसँग भन्न नसकेका पिर व्याथाहरु देखि लिएर अर्काका छोराछोरीलाई आफ्ना छोराछोरी बनाएर, अर्काका श्रीमानरश्रीमतीलाई आफ्नो श्रीमतीरश्रीमान बनाएर जापान लगिसकेपछी उनिहरुले उठिबास गराएका कथाहरु पनि धेरै सुन्नमा र देख्नमा आएका छन । यस्ता घटनाहरुले पनि उनिहरुलाई दुर्घटना तिर डो¥याईरहेको पाउन सकिन्छ ।

यि भन्दा पनि डर लाग्दा र लाज मर्दा कुराहरु, नेपाल बाट जापान लैजाँदा बाह् पन्ध्र लाख असुलेर पच्चिस मान कागजमा हस्ताक्षर गराई जापान लगेपछी पाँच मानमा वर्षौ कजाउने र आफ्नो होटलमा कामदार काम गर्न आएको बेला पारी कोठामा उसकी श्रीमतीलाई भेट्न र मोज गर्न जाने कतिपय साहुहरु पनि पछिल्लो समयमा अगाडि नदेखिएका पर्दा पछाडिका दुर्घटनाका कारकहरु हुन सक्दछन ।

यि र यस्ता कारणहरुको बेलैमा यदि निराकरण गरिएन भने आउँदा दिनहरुमा यस्ता दुर्घटनाहरुको ग्राफ अझै दोब्बर भएर माथि उक्लने पक्का छ । जापानमा खोलिएका विभिन्न नेपाली समाज र संग संगठनहरुले खादा लगाउने, राजनीति गर्ने र फोटा खिचाउने मात्रै भन्दा पनि यस्ता कुराहरु माथि बेलैमा अनुसन्धान गरोस र समस्याको समाधान तिर ध्यान दियोस भन्ने हाम्रो चहाना छ । कालगतिले मर्नेहरुलाई रोक्ने हाम्रो तकत छैन तर दुर्घटनाहरुलाई रोक्न नसके पनि न्युनिकरण गर्न अवस्य सकिन्छ । चेतना भया !

( मन खत्रीको सामाजिक संजालबाट)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार