चिबा/जापान । एनआरएनए चिवाले शुक्रबार जापानको फुनाबासीमा सम्मान तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा चिबा क्षेत्र बाट प्रतिनिधित्व गर्दै एनआरएनए जापानको बरिष्ठ उपाध्यक्षमा निर्वाचित नबिन निउरे, सदस्यमा निर्वाचित लक्ष्मी केसी महर्जनलाइ सम्मान गर्दै कार्य सफलताको शुभकामना ब्यक्त गरिएको थियो ।
त्यसैगरी एनआरएनए चिवाका सल्लाहकार एवं निवर्तमान संयोजक विश्व सुबेदी, सल्लाहकार आनन्द कोइराला र बुद्द बस्नेत, निर्वाचन कमिटिका संयोजक रामकृष्ण बम मल्ल, पत्रकार महासंघ जापान शाखाका सदस्य दीपक गौतम लगायत लाइ खादा ओढाएर सम्मान गरिएको एनआरएनए चिवाले जनाएको छ ।
कार्यक्रममा शुभकामना ब्यक्त गर्दै चिवाका संयोजक मुक्तिराज रेग्मीले केन्द्र र क्षेत्रहरुबीच सहकार्य गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए । ‘केन्द्र र क्षेत्रबीच तालमेल मिलेन भने हामी सफल हुन सक्दैनौ’ उनले भने ‘त्यसैले हामी एकआपसमा सहकार्य गरेर, एकले अर्का संग हातेमालो गर्दै कामहरु गर्नु पर्छ ।’
कार्यक्रमको संचालन चिवा क्षेत्रीय समितिका सचिव शंकर सुबेदीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




