{"source":"other","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1634023877109","origin":"unknown","is_remix":true,"used_premium_tools":false,"used_sources":"{"sources":[{"type":"premium","id":"243173517047900"},{"id":"351174718047900","type":"premium"},{"type":"ugc","id":"331537211041201"},{"type":"ugc","id":"276135311001201"}],"version":1}","premium_sources":["243173517047900","351174718047900"],"fte_sources":["276135311001201","331537211041201"]}

टोकियो/जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले एनआरएनए स्थापना दिवस ( NRNA DAY) तथा दशैँ/तिहारको शुभकामना आदन प्रदान कार्यक्रम सोमबार भव्यरुपमा सम्पन्न गरेको छ।

एनआरएनए स्थापना दिवस तथा दशैँ/तिहारको शुभकामना आदन/प्रदानसंगै नन्दा सिंङ प्रसाई र रमेश प्रसाईद्वारा संचालित ईनरभिजन नेपाल मार्फत गोल्डेन गार्डेन ईन्टरनेशनल स्कुलमा अध्ययरत दैलेख र कालिकोटबाट ल्याईएका १२ ( ९ जना छात्रा र ३ जना छात्र गरि) जना बालबालिकलाई १ वर्षसम्म अध्ययन गर्नका लागि छात्रबृत्ति स्वरूप ३ लाख रुपैँयै सहयोग गर्ने उद्देश्यका साथ च्यारिटि फन्डराईजिग समेत आयोजना गरि कार्यक्रम सम्पन्न गरिएको हो ।

एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलको अध्यक्षतमा संचालित कार्यक्रममा प्रमुख अथिती गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले भर्चुअल मार्फत गर्नुका साथै शुभकामना सन्देश पनि पठाएका थिए भने आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ र एसिया फ्याशिफिक संयोजक रोबिन्द्र श्रेष्ठ ( गोबिन्द) ले दिप प्रज्जवलन गरेर कार्यक्रमको उदघाटन गरेका थिए ।कार्यक्रममा आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ एसिया फ्याशिफिक संयोजक रोबिन्द्र श्रेष्ठ ( गोबिन्द) उपसंयोजक पारसमणि पोखरेल आईसिसि सदस्य ददिवल खड्का, नारायण सुवेदी प्रवासी नेपाली मंचका नेता राजकुमार पन्डित,नेपाली जनसम्पर्क समितिका उपसभापति रामकृष्ण बम मल्ल,प्रवासी नेपाली एकता मंचका अध्यक्ष सागर रिजाल,सुदुरपश्चिमेली समाजका अध्यक्ष पदम सिंह ठगुन्ना एनआरएनए,आईसिसि पुर्व सदस्य अरूण कुमार श्रेष्ठ, टंक गैरे नवनिर्वाचित आईसिसि सदस्यहरू रबिन शेरचन, दिपक कार्की र श्रवण सत्याल लगायतका व्यक्तिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रम संयोजक संगिता अधिकारी सुवेदीले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेकि थिईन् भने,संघका बरिष्ठ उपाध्यक्ष नबिन निउरेले संघको तर्फबाट स्वागत एवं शुभकामना राखेका थिए । सन्चालन संघरा महासिचव सिद्धार्थ श्रेष्ठले संचालन गरेका थिए ।

कार्यक्रममा जापानस्थित नेपाली संघ संस्था प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार