टोकियो/जापान । एनआरएनए जापानको आयोजनामा यहि अक्टोबर २३ तारिख “जापानमा विद्यार्थीहरुको अवसर र चुनौती” विषयाक एक विशेष कार्यक्रम आयोजना गरिने भएको छ ।
एनआरएनए जापानका सचिव श्याम शितलले जनाए अनुसार, कार्यक्रममा जापानमा अध्ययनका लागि आएका विद्यार्थीहरुको भाषा स्कुलको अध्ययन पश्चात भोकेश्नल कलेज( 専門学校) तथा विश्वविद्यालयहरु ( 大学)हरु कसरी छनौट गर्ने ? के कस्ता विषयहरु पढेमा सम्भावना अधिक रहन्छ ? अध्ययन सक्किएपश्चात कसरी अगाडी बढ्न सकिन्छ ? लगयातका विविध विषयहरुमा अनुभवी तथा विषय विज्ञहरुसंग छलफल गरिनेछ ।
एनआरएनए जापानको वर्तमान कार्यसमिति ( २०२१-२३) को “एनआरएनए मेरो साथी” नामक सुसुचित अभियानको पहिलो श्रृंखलाको रुपमा संचालन गरिने यस विद्यार्थी लक्षित कार्यक्रममा, डा. वेद काफ्ले (SENIOR RESERCHER NICT Tokyo,Japan ),जिज्ञान कुमार थापा (PROGRAM OFFICE Khanawawa International Foundation , Japan),डा . विष्णु प्रसाद गौतम (PROFESSOR,Associate Kanazawa Gakala University Japan ), डा .सरोज कंडेल (RESEARCH & PLANNING DIVISION , Sizen Oyokagaku Co. Ltd) र शुसिला पौडेल (PHD CANDIDATE in Disaster Nursing , Japan) को सहभागिता रहने छ ।
कार्यक्रम यहि २३ अक्टोबर साँझ ५ः०० बजेदेखि अनलाईन( जुम) मार्फत संचालन हुनेछ भने जापानका लोकप्रिय नेपाली संचार माध्यम नेपालन्युजपोस्टडटकम लगायत अन्य संचार माध्यम तथा एनआरएनए जापानकै सामाजिक संजालहरुमा प्रत्यक्ष प्रसारण गरिनेछ ।

जापानबासी नेपालीहरुलाई दैनिक जीबन यापनमा सहज बनाउन र भबिष्य निर्माणका लागि जापानमा भएको अवसर र त्यसको चुनौतीहरुका बिषयमा सबैमा सु सुचित गराउने उदेश्यका साथ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको अभियान NRNA मेरो साथी 2021-2023 “ सुखमा पनि , दुःखमा पनि , जानकारी हाम्रो साथ तपाईंको ” नामक कार्यक्रम हरेक महिना फरक विषयवस्तुमा प्रस्तुत गरिने जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




