{"source":"other","uid":"4560C6AA-56F4-4B7D-AC72-6F2229459584_1635851131080","origin":"unknown","is_remix":false,"used_premium_tools":false,"used_sources":"{"sources":[{"id":"244817319062900","type":"premium"},{"type":"premium","id":"243173517047900"}],"version":1}","premium_sources":["244817319062900","243173517047900"],"fte_sources":[]}

काठमाडौँ ।गैरआवासीय नेपाली संघ जापानले, जापानमा रहेका तथा जापानमा आउने प्रतिक्षामा रहेका सम्पुर्ण नेपालीहरुको आवश्यकता तथा मागहरुलाई सम्बोधन गराउने पहल स्वरुप परराष्ट्र मन्त्री डा. नारायण खडकासंग भेटि औपचारिकरुपमा ध्यानाकर्षण गराएको छ ।

आज ( नोभेम्बर २ तारिख) एनआरएन जापानका अध्यक्ष शिब प्रसाद पौडेल,उपाध्यक्षद्वय राजकुमार अधिकारी र रामकृष्ण श्रेष्ठ , युवा संयोजक राकेश लामा र निवर्तमान प्रवक्ता पर्शु बस्नेत सहितको टोली परराष्ट्र मन्त्रालय पुगि मन्त्री समक्ष ज्ञापन पत्र बुझाउँदै औपचारिक यानाकर्षण गराईएको हो । उक्त ज्ञापन पत्रमा जापान आउने प्रतिक्षामा रहेका हज्जारौँ नेपालीहरुको समस्यादेखि जापानमा अध्यायनरत विद्यार्थी एवं कुक भिसामा रहेका नेपालीहरुको समस्या समेत समेटिएको छ । यसका साथै पछिल्ला दिन नेपाल एयरलाईन्सको चर्को टिकट शुल्कप्रति जापानवासी नेपालीहरुको गुनासाहरुलाई समेत तत्काल सम्बोधनार्थ प्रस्तुत गरिएको छ । यस्तो छ ज्ञापन पत्र

 


ज्ञापनत्र बुझाएपछि नेपालन्युजपोस्टसंग कुरा गर्दै अध्यक्ष पौडेलले भने – “तत्काल सम्बोधन गर्नुपर्ने देखि दिर्घकालीनरुपमै प्रकृयागतरुपमा अगाडी बढाउनुपर्ने विषयहरुलाई ध्यानाकर्ष गराएका छौँ, मन्त्रीज्यु पनि यस विषयमा सकारात्मक हुनुहुन्छ”।
पौडेलले,आफुले चुनावमा एजेन्डाकैरुपमा प्रस्तुत गरेका बुँदाहरुलाई पनि आफ्नै कार्यकालमा कार्यन्वयन गराउँदै जापानवासी नेपालीहरु तथा जापानमा भविष्य खोज्दै गरेका सम्पूर्ण नेपालीहरुको हितमा लगाउन कटिबद्ध रहेको र त्यस्कै यो पहिले खुड्किलो भएको पनि बताए ।

अध्यक्ष पौडेलकै अनुसार, गैरआवासीय नेपाली संघ जापानले, जापानमा रहेका नेपालीहरुको समस्या समाधानार्थ यसरी बुँदागतरुपमा परराष्ट्र मन्त्री समक्ष नै ध्यानाकर्षण गराएको यो पहिलो पटक हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार