A passenger arriving from overseas is welcomed by a quarantine agent at the arrivals hall of Haneda airport in Tokyo on November 8, 2021, as Japan eases border rules to allow business visitors and students amid the Covid-19 pandemic. (Photo by Charly TRIBALLEAU / AFP)

दीपक गौतम
जापानको यातायात मन्त्रालयले नया हवाई टिकट बिक्रि नगर्न हवाई कम्पनीहरुलाई आग्रह गरेको छ ।

दक्षिण अफ्रिकामा देखा परेको ओमिक्रोन भाइरसको सक्रमण नियन्त्रण गर्न भन्दै बिदेशी प्रबेशमा प्रतिबन्ध लगाएको जापानले हवाई कम्पनीहरुलाई अन्तराष्ट्रीय उडानका नया टिकट बूकिङ्ग नगर्न आग्रह गरेको हो ।

यस अघि जापानले जापानमा नया प्रवेश गर्ने बिदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाउने र १ दिनमा ३ हजार ५०० जनालाई मात्रै प्रवेश गर्ने निर्णय गरेको थियो ।

नामिबिया बाट जापान प्रवेश गरेका एक विदेशीलाइ दक्षिण अफ्रिकामा भेटिएको ओमिक्रोनको सक्रमण पुष्टि भएपछि जापानले आफ्ना नीतिहरु आक्रामक ढंगले परिवर्तन गर्दै आएको छ ।

यसैबीच जापानमा एक अर्का विदेशीलाई ओमिक्रोन संक्रमणको पुष्टि भएको छ । केहि दिन अघि जापानको नारिता अन्तराष्ट्रीय बिमानस्थलमा झरेका ति व्यक्तिलाई कोरोनाको नया भेरिएण्ट ओमिक्रोनको सक्रमण देखिएको हो । यो सहित जापानमा ओमिक्रोन सक्रमितको संख्या २ पुगेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार