कविकिरण न्यौपाने / पोखरा
स्याङ्जा हरिनास गा.पा.वडा नं.३ मग्याम चिसापानी बस्ने विपन्न अपाङ्ग भएकी अनिता सिग्देलको नियमित उपचार र जीविकोपार्जनका निमित्त सहयोग स्वरुप संकलित रकम हस्तात्ररण गरिएको छ ।स्याङ्जा समाज जापान र एनआरएनए क्षेत्रिय समिति नागोयाको संयुक्त आह्वानमा जापानका नेपाली समुदायसंग सहयोग रकम संकलन गरिएको थियो । स्याङ्जा समाज जापान ,क्षेत्रिय समिति नागोयाका उपाध्यक्ष एवं एनआरएनए नागोया सदस्य मित्रलाल सिग्देलको संयोजकत्वमा सञ्चालित अभियानबाट संकलित दुई चरणमा गरि जम्मा २ लाख ४७ हजार २ सय रुपैया सहयोग हस्तान्तरण गरिएको हो।

सहयोग रकम हस्तान्त्ररण कार्यक्रम सिग्देल बन्धु प्रतिष्ठान नेपाल चिसापानी इकाईका अध्यक्ष इन्द्रकान्त सिग्देलको अध्यक्षता तथा कार्यक्रमको प्रमुख अतिथि निवर्तमान प्रमुख जिल्ला अधिकारी ऋषिराम सिग्देल रहेका थिए l कार्यक्रममा एनआरएनए क्षेत्रिय समिति नागोया जापानका उपसंयोजक कुसल पौडेल, सिग्देल बन्धु प्रतिष्ठान नेपालका केन्द्रिय सदस्य ओम सिग्देल, हरिनास गा.पा वडा नं २ का अध्यक्ष परसुराम सिग्देल, निवर्तमान इकाई अध्यक्ष टिकाराम सिग्देल, स्याङ्जा समाज जापानका महासचिव वेद कार्की लगाएत महानुभावको उपस्थिति रहेको थियो । सहयोग रकम हस्तान्त्रण कार्यक्रमको सञ्चालन सिग्देल बन्धु प्रतिष्ठान इकाई सचिव प्रकाश सिग्देलले गरेका थिए । उक्त औपचारिक कार्यक्रम मार्फत एनआरएनए क्षेत्रिय समिती नागोया जापानका उपसंयोजक कुसल पौडेल एवं स्याङ्जा समाज जापानका महासचिव वेद कार्कीले संयूक्त रुपमा अनिता सिग्देलको आमालाई संकलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको थियो।

एनआरएले नेपालमा रहेका दुःखी पिडितलाई यस अघि पनि यथासक्दो सहयोग गरेको स्मरण गर्दै यो सानो राहतले पिडितलाई केहि भए पनि सहज हुने एनआरएनए जापान, नागोया क्षेत्रिय समितिका संयोजक मनोज बममल्लले बताए । त्यस्तै सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै स्याङ्जा समाज जापानका अध्यक्ष ध्रुब ज्ञवालीले प्रवासमा भए पनि आफ्नैं गाँउ ठाँउमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




