टोकियो/जापान । जापानका पूर्वसम्राट आकिहितो आज( डिसेम्बर २३ तारिख) ८८ वर्ष पुगेका छन् । आकिहितो जापानका सबैभन्दा लामो आयु प्राप्त गर्ने सम्राट हुन् ।

पूर्व सम्राट आकिहितोले २ सय वर्षको पुरानो जापानी राजदरबारको ईतिहासलाई नयाँ मोडमा पुर्याउँदै सन २०१९ मा आफु जिवित र सक्षम हुँदै आफ्ना उत्तराधिकारी नारुहितोलाई राजपाठ सुम्पिएका थिए । आकिहितो हाल आफ्नी पत्नी पुर्व महारानी मिचिकोसंगै ताकानवा ईम्पेरियल निवासमा बस्दै आएका छन् ।

राजपाठ छोरा नारुहितोलाई सुम्पिएपछि फुर्सतको समय बिताई रहेका पुर्व सम्राट, कोभिड १९ कारण, खासै बाहिर हिँडडुल तथा भ्रमणमा भने निस्किएका छैनन् । राजदरवार स्रोतका अनुसार, आजकाल आकिहितो राजदरबार परिसर भित्रकै विभिन्न अनुसन्धान स्थल, उद्यान तथा अस्प्तालसम्म मात्रै आउ/जाउ गर्छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार