टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापान राष्ट्रिय समन्वय परिषदले गत निर्वाचनमा पराजित समूहका केहि व्यक्तिहरुले मत परिणाममा असन्तुष्ट जनाउँदै मनोमानी तरिकाबाट संस्थाको लेटर प्याड तथा लोगो प्रयोग गरि, समानान्तर गतिविधि संचालन गर्ने लगायतका कृयाकलाप गरेको भन्दै, त्यस्ता गतिविधिहरुको घोर भर्त्सना सहित तुरुन्त त्यस्ता भ्रामक गतिविधिहरु बन्द गर्न चेतावनी दिएको छ ।

गैरआवासीय नेपाली संघ जापान केन्द्रीय समिति तथा १२ वटा क्षेत्रीय समितिहरुद्वारा संयुक्तरुपमा हस्ताक्षरित एक प्रेस विज्ञप्ती जारी गर्दै,गत जुलाई ३० मा भएको निर्वाचनको मत परिणाम आफ्नो पक्षमा नभएपछि,निरन्तर विरोधमा रहेका समुहलाई लक्षित गर्दै सो भर्त्सना सहितको चेतावनी दिईएको हो ।
जारी विज्ञप्ती जस्ताको तस्तै,

 


सम्पन्न निर्वाचन धाँधलीपूर्ण भएको, अनलाई भोटिङ् प्रणाली दुरुपयोग गरेको लगायतका आरोप सहित, गत निर्वाचनमा पदाधिकारी उम्मेदार समेत रहेका, तत्कालिन कार्यसमितकी कार्यबाहक अध्यक्ष तथा अन्य केहि पदाधिकारीहरु समेत सम्मिलित एक समूह निर्वाचन परिणाम सार्वजनिक भएदेखि नै विरोधमा उत्रदै आएका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार