टोकियो/जापान । जापानमा हुनुहुन्छ र दैनिक ट्रेन चढ्ने गर्नुहुन्छ भने, प्लेटफर्ममा ट्रेन पर्खिँदाखेरि याद गर्नुहोस् है ! अन्जान मानिसले ट्रेनको पटरी( रेल गुड्ने बाटो)मा धकेलि दिन पनि सक्छन् ।

झट्ट, सुन्दा तपाईलाई यो माथिको वाक्य अलि अव्यवहारिक हो कि जस्तो लाग्न सक्छ, तर जापानमा प्लेटफ़ार्ममा उभिएर ट्रेन पर्खिने क्रममा पछाडी तथा छेउछाउबाट धकेलिदिएर ट्रेनको पटरी(रेल गुड्ने बाटो)मा पुगी ज्यानै गुमाउने सम्मको दुर्घटनाहरु घट्ने गर्दछन् ।

यहि डिसेम्बर, २६ तारिख जापानको राजधानी टोकियोसंगै जोडिएको साईतामा प्रान्तको निजोको कितातोदा स्टेसनमा यस्तै घटना घटेको छ । २६ तारिख दिउँसो १ः१० बजे प्लेटफर्ममा आफ्नो गन्तब्यमा जाने ट्रेन पर्खेर बसेकी एक २३ वर्षिया युवतीलाई पछाडीबाट एक अपरिचित मानिसले कुममा समातेर धकेलिदियो र उनि ट्रेनको पटरीमा झरिन् ।संयोगले त्यो बाटोमा ट्रेन आउन २ मिनेट समय बाँकी रहेछ र अन्य उभिएका मानिसहरुको साहयताले उनि जसो/तसो त्यहाँबाट निस्किईन् र बाँच्न सफल भईन् । तर सबै उनि जस्तो भाग्यशाली हुँदैन र ट्रेनको पटरीमा खसेका अधिकांशले ज्यान गुमाउने गर्दछन् ।

यो घटना घटेपछि, ति युवतीले उक्त स्टेशनको अफिसमा रिपोर्ट गरिन्, र सोहि दिन साँझ ति धकेल्ने व्यक्ति पक्राउ परे( भिडियो रेकर्ड हुने भएकाले) । सोधपुछ्को क्रममा उनले ति युवती आफ्नो बाटोमा आएकाले धकेलिदिएको बताए । हाल ति अभियुक्तलाई ज्यान मार्ने प्रयास गरेको अभियोगमा थप छानबिन भईरहेको छ । यसरी कुनै रिसईवी नै नभएपनि बिना कारण अगाडी रहेको मानिसलाई धकेली दिने अभियुक्त उनि मात्रै होईन, जापानी संचार माध्यमहरुका अनुसार यस्ता घटनाहरु पटक/पटक घट्ने गरेका छन् । त्यस्ता घटनाहरुमा कतिपयले ज्यानै पनि गुमाएका छन् ।

त्यसैले, अलि भिडिभाड हुने टोकियो, साईतामा चिबा, ओसाका, फुकुओका,नागोया, योकोहमा लगायतका स्थानका ट्रेन फ्लेटफर्महरुमा आफ्नो गन्तब्यको ट्रेन पर्खिँदै गर्दा दायाँ/बायाँ, अगाडी/पछाडीको वातावरण ख्याल गरौँ खराब मनस्थितीका मानिसहरु गलत हर्कतका कारण दुर्घटनाहरुमा पर्ने सम्भावनी पनि रहन्छ ।

( पछिल्ला केहि घटनाहरुको समाचारको आधारमा जापानमा रहेका नेपाली समुदायको हितमा प्रकाशित)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार