जापान । जापानमा रहनुहुनेहरुलाई अवगत नै छ कि, जापान भौतिक विकास/ प्राविधिक विकास , प्राकृति/साँस्कृतिक तथा ऐतिहासिक सम्पदा लगायतका प्राय सबै जसो क्षेत्रमा केहि न केहि उत्कृष्ट सम्पदाहरुले सुसज्जित छ ।

आजको सामग्रीमा जापानमा रहेका केहि यस्ता स्थानहरुको जानकारी प्रस्तुत गर्दै छौँ कि जुन ठाउँहरु जापानकै भएर पनि जापान होईन जस्तो आभास हुने गर्दछ ।

१.ओरेन्टेल ट्रिप(मारुखामे, खागावा)
यो जापानको खागावा प्रान्तमा रहेको एक रिसोर्ट हो । तर यसलाई हेर्दा कम्बोडियाको आङ्ग्कोर वाटको झलक दिन्छ । यो खागावा प्रान्तकै ठूलो थिम पार्क भित्र रहेको रिसोर्ट हो । कहिलै घुम्न जानुभयो भने याद गर्नुहोला कि त्यो तपाईलाई जापान जस्तो लाग्ने छैन ।

२.आसाकुसा प्यालेस ( टोकियो)
यो सन १९०९ मा बनाईएको यो दरबार सुरुमा जापानका राजकुमार निवासको रुपमा बनाईएको थियो । यसलाई पछि सन १९७४ मा पुनर्निर्माण गरियो । र यसलाई पछि विदेशी कुटनितिक पाहुनाहरुलाई राख्नको लागि उपयोग गर्न थालियो । यो दरबार फ्रान्सको भर्साईल दरबार जस्तो देखिन्छ । अझ भनौँ त्यहि डिजायनबाट प्रभावित छ ।

३.हामानुरा राईस टेरेस( हिगासी माचुउरा, सागा)
जापानको सागा प्रान्तको हिगासी माचुउरामा रहेको गह्रा नै ग्रहा भएको धान खेत जापान भएता पनि,ईन्डोनेशियाको बालीमा रहेको धान फाँट जस्तो देखिन्छ ।

४.ब्रिटिस हिल्स( ईवासे, फुकुसिमा)
सन १९९४ मा बनेको यो गाउँ, साँच्चै ब्रिटिस जस्तै छ । यो कान्दा युनिभर्सिटी अफ ईन्टरनेश्नल स्टडी तथा कान्दा इन्स्टिट्यूट अफ फरेन ल्यांग्वेजले ले वेलायतनै नगईकन बेलायतको अनुभव गराउने उदेश्य बनाएको नमुना ब्रिटिस हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार