टोकियो/जापान । नयाँ/नयाँ प्रविधि विकासमा जापानको नाम अग्रपंत्तीमा आउने कुरा नौलो होईन ।

अहिले जापानको एक रिसर्च ग्रुपले, झोलामा राखेर हिँड्न मिल्ने हल्का, सानो र भरपर्दो स्कुटरको आविष्कार गरि विश्वका नयाँ शौख राख्नेहरुको मन जातिरहेका छन् ।

उक्त रिसर्च ग्रुपले यो तलको तस्बिरमा देखिएको जस्तो पोईमो नाम गरेको यात्रामा चढ्न र यात्रा पछि झोलामा प्याक गर्न मिल्ने विद्युतीय स्कुटर बनाएका हुन् । यसले जापानको टोकियो जस्तो पार्किंगको समस्या भएका ठूला सहरहरुमा दैनिक संचालन गर्नेहरुको जिवनमा सरलता ल्याउने विश्वास गरिएको छ ।

यो टोकियो युनिभर्सिटीको कावाहारा ल्याव/नियामा ल्याव र मेरुकारी कम्पनीको मेरुकारी आरफोरडी बिचको सहकार्यमा निर्माण गरिएको हो । निर्माताहरुका अनुसार,सजिलै बोक्न सकिने,सफ्टरोबोटिक्स टेक्नोलोजीमा बनाईएको यो स्कुटर प्रयोग गर्न पनि सजिलो छ ।

यो स्कुटर अनलाईन तिर अहिले चर्चामा भएपनि यसको निर्माण भने सन २०२० को सेप्टेम्बर महिनामै भईसकेको थियो । त्यस समय उक्त निर्माण समूहले एक प्रेस वक्तव्य सहित यस आविष्कारको जानकारी गराएका थिए । जम्मा ५.५ केजी मात्रै तौल भएको यस स्कुटरको अझैपनि बजार मूल्य तथा यसको प्रयोगका लागि चालक अनुमती लगायतका प्रकृयाहरुको बारेमा भने विस्तृत जानकारी गराईएको छैनI


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार