फुकुओका/जापान । जापानको फुकुओकामा नेपालको प्रतिनिधित्व शिव मन्दिरमा यहि जनवरी २२ तारिख शनिबार बिहान १० बजे प्राण प्रतिष्ठा समारोह आयोजना गरिने भएको छ ।

अघिल्लो वर्ष नै, फुकुओका प्रान्तको हाकाता नगरभित्र अवस्थित योशिजुकुको स्योतेनगाई (商店街) बजार क्षेत्रभित्र शिव मन्दिर निर्माण तथा १३ किलो तौल र १ सय ५८ सेन्टीमिटर अग्लो गणेश मुर्ती प्रतिस्थापन गरिएको छ ।

आजियन स्योतेनगाई(アジアン商店街) को नामले विभिन्न एशियन मुलुकहरुको विभिन्न पसलहरु सहित संचालित उक्त बजारमा हाल चिन/म्यानमार / नेपाल लगायतका मुलुकका पहिचान झल्काउने सम्पदाहरु रहेका छन् ।

व्यवसायी तथा शिव मन्दिर निर्माण पहलकर्ता लक्ष्मण बानियाँका अनुसार, उक्त, मन्दिर निर्माण पश्चात, अब यहि जनवरी २२ तारिख, प्राण प्रतिष्ठा पुजागरी पुर्णता दिईन लागिएको हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार