हामी सानै छॅदा नै सुन्दै आएको कुरा हो,जापान एउटा बिकसित मुलुक हो । धेरै पहिले नेपालबाट जापान आउने नेपालिको संख्या निकै थोरै भएर होला!नेपालीको लागि एउटा सपनाको संसार जस्तो लाग्दथ्यो । पहिलेको तुलानामा अहिले नेपालीको संख्या अत्याधिक बढि र आउने माध्यम पनि बिभिन्न किसिमका हुने भएकोले पहिले जस्तो महत्व नभएपनि ,नेपालमा रोजगारको अभाव,आउनको लागि अलि बढि खर्चिलो भएर होला धेरैका लागि अहिले पनि जापान सपनाको शहर हुन सक्छ । बिभिन्न भिषामा जापान आई आफनो परिवार (श्रीमान,श्रीमतिलाई)जापान बोलाई सकेपछि बच्चा जन्माएर हुर्काउने,जापानमै राख्ने प्रकृयामा केहि अनुभवहरू यहॅा राख्न चाहन्छु ।

जापानको स्वास्थ्य क्षेत्र यहां बसोबास गर्ने बिदेशी नागरिक(जसले हेल्थ ईन्स्युरेन्स गरेको छ र यो अनिवार्य छ)
सबैका लागि पहॅुचको कुरा हो । बिश्वका स्वास्थ्य क्षेत्रमा अब्बल मानिएका देशहरूमध्ये जापान पनि एक हो!बच्चा पेटमा बसिसकेपछि आमाको स्वास्थ्यमा कुनै समस्या नभएमा नर्मली २/३ महिनामा हस्पिटल जान सकिन्छ । यसको लागि छुट्टै किसिमको महिला हस्पिटल हुने गर्दछ। आफुलाई पाएक पर्ने ठाउंमा जान सकिन्छ । यो बिचमा श्रीमतीलाई भाषाको समस्या छ भने श्रीमान पनि संगै जानुपर्ने हुन्छ। सामान्यतया धेरै डिपिन्डेन्टमा आएका महिलामा हस्पिटलमा बोलिने भाषामा केही समस्या हुने हुंदा पनि श्रीमान संगै जानुपर्ने हुनसक्छ!जसको लागि श्रीमानको काममा छुट्टी मिलाउने देखी रेल स्टेशन टाढा भएको र आफुसंग गाडी छैन भने जाने आउने कुरामा समस्या हुन सक्छ!काममा भनेको बेला छुट्टी नपाउने,भाषाको पनि समस्या हुने,आफुसंग सवारी साधन पनि नभएको अवस्थामा कतिजनाले बच्चा जन्माउनको लागि नेपाल पठाउने गरेको पनि पाईन्छ!बच्चा नेपाल जन्माए पनि यहॅा स्वास्थ्य बिमाबाट पाईने करिब ४ लाख जति पैसा भने प्राप्त गर्न सकिन्छ!यॅहाका हस्पिटलले राम्रो सेवा दिने हुनाले धेरै जनाले भने जापानमा नै जन्माउन चाहेको बुझिन्छ!जापानमा बच्चा जन्माउंदा पनि धेरै पैसा बिमाले बेहोर्ने हुंदा त्यती धेरै खर्च चांही हुंदैन ।

जापानमा बच्चा जन्माई सकेपछि तत्काल आमा काममा जान नपाउने हुंदा आम्दानि थोरै भएको अवस्थामा भने केहि समस्या हुन सक्छ!एक जनाको कमाईबाट परिवार हेर्न सक्ने अवस्था वा राम्रो कमाई भएकाहरूलाई त त्यती समस्या नहोला तर एउटाको कमाई बाट परिवारको खर्च धान्न मुस्किल हुने अवस्था छ भने चॅाही गार्हो पर्न सक्छ!’जापानमा बुढाबुढी बसेर अलिअलि बचाउन सकिएन भने के अर्थ भयो र?’भन्ने खालका कुरापनि गरेको सुनिन्छ!सानो बच्चा छोडेर काममा जानुपर्दा पनि आफ्नै खालका दु:खहरू हुन्छन्!हुन त जापानमा बच्चा जन्मेको ५/७ महिनाबाटै होईकुएन(मन्टेसरी)मा राख्न मिल्ने ब्यवस्था पनि हुन्छ!तर शुरूमा होईकुएन पनि आफु बसेको वडा कार्यलय मार्फत जानुपर्ने हुंदा कोटा फुल भएको अवस्थामा केहि समय कुर्नु पर्ने पनि हुन सक्छ!होईकुएन परे पनि आफुसंग सवारी साधन नभएको र होईकुएन अलि टाढा भएको अवस्थामा लाने,ल्याउने समस्या पनि हुन सक्छ!र अर्को कुरा यहां सानो-सानो स्वस्थ्य समस्यालाई पनि गम्भिर रूपमा कियर गरिने हुंदा बच्चा होईकुएन भएको अवस्थामा कुनै सानो समस्या भएपनि तत्काल अभिभावलाई बोलाइने गर्दछ!त्यो समय काममा भएको अवस्थामा पनि केही झन्झटिलो हुने गर्दछ!बच्चालाई होईकुएनमा नराखी पनि श्रीमान,श्रीमतिले मिलेसम्म आफुलाई पाएक पर्ने कामको सिफ्ट राखेर पालैपालो बच्चा हेर्दै,काम गर्दै गरेको पनि देख्न सकिन्छ!

बच्चा १/२ बर्षको भएपछि नेपाल राख्ने की आफुसंगै राख्ने भनेर धेरैमा द्वधार भएको देखिन्छ!बच्चा यो संसारमा आफ्नो आमा संग भन्दा खु:सी त अरू को संग हुन्छन् होला र?जापानमा सबै कुराको ब्यवस्था राम्रो भएको परिवारलाई र लामो समय जापानमै बस्ने सोंच बनाएको परिवारले त बच्चा आफुसंगै राख्ने गरेको पाईन्छ!तर यहॅा हुर्काउने क्रममा नेपालमा हुर्कोको बच्चाको तुलानामा बोली स्पष्ट हुन समय लाग्ने,आमा बाबु दुबै बिजी हुंदा मोबाईल,ट्यापमा बढि ध्यान दिने ,धेरै मान्छे देख्दा डराए जस्तो गर्ने आदि समस्या हुन्छन् भनेको सुनिन्छ!यो बिचमा बच्चा आफुसंगै राखेर काम गर्दै बच्चाको पनि स्याहार-सुसार गरेका आमाहरूको दुख भने साच्चिकै कम हुंदैन।

अनि बच्चालाई नेपालमा आफ्नो बाबु आमा संग छोडेर आउनेहरू पनि धेरै नै हुनुन्छ!माथि भनेजस्तै बच्चा आफ्नो आमा भन्दा खुसी त अरू को संग हुन्छ होला र?तैपनि जापानमा काम गर्दै बच्चाको स्याहार गर्न गार्हो पर्ने र जापान लामो समयसम्म बस्न नचाहनेहरूले बच्चालाई नेपाल छोडेर आउनुभाको देखिन्छ ।

बच्चालाई नेपाल छाड्नु को अर्को कारणमा पढाईको कुरा पनि महत्वपूर्ण छ जस्तो लाग्दछ!टोकियो वरिपरी बस्नुहुनेले फि केही महङ्गो भएपनी नेपालीहरुले संचालन गरेको स्कुलमा पढाएको पनि पाईन्छ !जहॅा नेपाली पाठ्यक्रम अनुसार नै पढाई हुने गरेको छ!तर टोकियो बाहिर हुने र आम्दानि कम हुनेहरूको लागि त यो पनि संभव भएन!यहॅाको स्कुलमा पढाउंदा जापानिज भाषा बाहेक अर्को भाषामा पढाई नहुने हुंदा अंग्रेजी र नेपाली भाषामा कमजोर भएको देखिन्छ!लामो समयसम्म जापानमा बस्ने हरूलाई त यहीं पढेर यहीं काम काम गर्दा सजिलो हुने भयो,तर केही समय बसेर फर्कने सोंच हुनेहरूका लागि भने पछि नेपाल गएर पढाई नमिल्दा समस्या हुने हो कि भनेर चिन्तित भएको पनि देखिन्छ ।

सानो बच्चालाई नेपालमा छोडेर आउने कि संगै राख्ने भन्ने कुरामा धेरैजना द्वधारमा भएको देखिन्छ!आमाको मन न हो कहां सजिलै बच्चालाई अरूको जिम्मा लगाउन मनले मान्छ र?फेरी नेपालमा पनि बच्चा हेर्दिने राम्रो वातावरण र सबै कुरा मिल्नु पनि पर्यो !सबै भिन्न-भिन्न पारिवारिक पृष्ठ भुमिबाट रहेको हुनाले पारिपारीक कुराको पनि तालमेल मिल्नुपर्यो! बच्चाको रेखदेख गर्ने काम त्यती सजिलो कहॅा हुन्छ र?राम्रो आम्दानि भएकाहरू र लामो समय जापानमा बस्ने सोंच भएकालाई त आफुसंगै बच्चा राख्दा उत्तम होला !तर दुबै जनाले काम नगरि नपुग्ने अवस्थामा के गर्ने भनेर द्वबिधामा रहेको देखिन्छ! बच्चा नेपाल छोडेर आउनेहरूलाई भने चाडबाड र बच्चाको जन्मदिनमा अत्यन्तै गार्हो हुने रहेछ!यो बिषयमा बाबाहरूले मन बुझाए पनि आमाको मनले भने जति दुख भएनी बच्चा आफुसंगै भैदिएको भए भन्ने चॅाही हुंदोरहेछ!आमाको मातृत्व भनेको यही होला सायद!जापानमा आफुसंगै बच्चा राखेर काम गर्दै रेखदेख गर्नुभाको वा बच्चाको भबिष्यको लागी नै मनमा गॅाठो पारेर बच्चालाई नेपाल छोडी यहॅा मेहनत गर्नुभएका सम्पूर्ण दिदिबहिनी प्रति सम्मान !

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार