तपाई जापानमा हुनुहुन्छ ? लोटेरी कत्तिको किन्ने गर्नुहुन्छ ? अझ भनौँ भाग्यमा कति भरोषा गर्नुहुन्छ ? तपाईले भाग्यमा विश्वास गरेपनि नगरेपनि जापानीहरु चाहीँ गर्छन् है । त्यसैले चोक/चोकमा भएका साना-साना लोट्टो पसलहरुमा लाईन लागेर चिट्ठा किन्ने गर्दछन् ।

त्यसरी चिट्ठा किन्नेमध्ये एकदमै थोरै मानिसहरु मात्रै साँच्चै भाग्यमानी हुन्छन् र ठूलो रकम जित्दछन् । तर जापानमा सन २०२१ को सुरुवातामा एक भाग्यवान मानिसले १ अरब २० करोडको चिट्ठा जितेर पनि उक्त रकम दावी गर्न नआउँदा चिट्ठा कम्पनीले, उक्त भाग्यशाली विजेता खोजिदिन अनुरोध गरेको छ ।

उक्क चिट्ठा कम्पनीको १२२१ औँ पटकको विजेताले रकम त जिते तर उनि सम्पर्कमा नै आएनन् । सामान्यतः एक वर्षसम्म दावी गर्न सकिने उक्त चिट्ठा वर्षै परिवर्तन भईसक्दा पनि विजेता सम्पर्कमा नआएपछि चिट्ठा कम्पनी नैतिक तथा कानुनीरुपमा समस्यामा परेको छ ।

ति भाग्यशाली विजेताले, उक्त चिट्ठा कन्विनिएंस स्टोर लसनबाट किनेको हुनाले कसले किनेको थियो भनेर विवरण भेट्टाउन न सकिने बाटो त छ । तर जापानमा विद्यमान व्यक्तिगत सुचनाको गपनियता सम्बन्धी कानुनी प्रावधानका कारण त्यसको खोजिनिती गर्नपनि सम्भावना नरहेको बताईएको छ ।

जसले जिते उसले उक्त चिट्ठा फालिसकेको हुनुपर्दछ, जसका कारण ति व्यक्तिलाई आफ्नो जितको बारेमा थाह नै भएन,या अन्य कुनै कारणले गर्दा सम्पर्कमा पुग्न सकेनन् । तर यदि दावी गर्न आएको खण्डमा उक्त खरिद गर्ने व्यक्ति प्रमाणित भए कम्पनीले अझै पनि भुक्तानी गर्ने बताएको छ ।
स्रोतःओताकुडटकम/सोरान्युजडटकम

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार