टोकियो/जापान । जापानमा ब्यवसायिक सफलता प्राप्त गरेको जमुना ग्रुपले नेपाली गीत संगितको क्षेत्रमा समेत सक्रियता बढाएको छ।

पछिल्लो समय माउण्टेन रोधी युट्युब च्यानल मार्फत चर्चित कलाकारहरु बिच प्रत्यक्ष दोहोरी गीतहरु प्रस्तुत गर्दै आएको ग्रुपको प्रस्तुतीमा पञ्चेबाजाको गीत“बाग्लुङ बेनी कुश्मा बजार” सार्वजनिक भएको छ। चर्चित परदेशी गायक सुर्य खड्का र सम्झना लामिछाने मगरको स्वर रहेको पञ्चेबाजाको गीतमा शिव अखेलिको शब्द र गायक खड्काकै संगीत रहेको छ भने बिश्वास नेपालको एरेन्ज रहेको छ। पञ्चेबाजाको भिडियोमा चर्चित हास्य कलाकार उमेश राई (फुलन्देकी आमा) र गायिका सम्झना लामिछाने मगरको अभिनय देख्न सकिन्छ ।

जमुना ग्रुप जापानका राजु कंडेल र जमुना सापकोटा कंडेल निर्माता रहनुभएको छ भने परिकल्पनाकारमा गायक चेतन घर्ती मगर रहनुभएको जनाईएको छ । गीत माउण्टेन रोधी नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ। यस्तो छ पूर्ण गीत –


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार