जापान । जापानको रेल सेवा संसारकै उत्कृष्ट मध्ये एक हो भन्ने कुरा त धेरै पटक सुनिसक्नु भएको छ । अनि पक्कै किन उत्कृष्ट छ भन्ने पनि धेरै हदसम्म थाह पाईसक्नुभएको होला ।
सबैभन्दा समयनिष्ट, अत्याधुनिक, तीब्र गतीमा गुड्ने, दुर्घटना दक अत्यन्तै कम, सफा अनि सिष्ट कर्मचारी सायद जापानको रेल चढेका र यसबारे चासो राख्नेहरुले यति कुरा चाहीँ लगभग थाह पाएका हुन्छन् ।
आजको यस सामग्रीमा,हालसालै जापानको टोकियो बाहिरको एउटा सानो रेल स्टेसन र रेल लाईनमा देखिएको जापानको रेलसेवाको उत्कृष्ट र फरक शिष्टाचारको प्रसंग उल्लेख गर्दैछौँ । जापान सेवाग्राहीलाई शिर निहुर्याएर अभिवादन गर्नु संस्कार हो, यो अधिकांस ठाउँहरुमा सजिलै देख्न तथा अनुभव गर्न सकिन्छ । तर जापानको खागोसिमा प्रान्तको निसि एई भनिने एउटा सानो रेल स्टेसनका कर्मचारीले रेलका हरेक यात्रुहरुलाई शिर झुकाएर अभिवादन व्यक्त गर्दछन् । हाल सालै सार्वजनिक भएको एउटा युट्युब भिडियो यतिखेर जापानको आतिथ्य सत्काकारको नमुनाको रुपमा जापान र जापानको बारेमा चासो राख्नेहरुका बिच चर्चामा छ ।
हामीले पढ्दै आएको अतिथि देवः भव चाहीँ साँच्चै अनुभव गर्न सकिने मुलुक हो जापान । तर टोकियो जस्ता ठूला/ठुला सहरहरुमा मानिसहरुको चाप,व्यवस्थता तथा बाह्या मुलुकहरुको प्रभाव आदि कारणले वास्तविक जापानी संस्कार सबै ठाउँमा देख्न पाईन्न । यद्यपी धेरै पसल तथा सेवास्थलहरुमा भने कायमै छ । तर खागोसिमाको यो सानो लिमिटेड एक्स्प्रेस नुमेरीका कर्मचारीले गर्ने जस्तो अभिवादन चाहीँ देख्नु र भोग्नु दुवै दुर्लभ भईसकेको छ ।
आजको प्रसंग चाहीँ जापानको त्यो स्थानको हो, जहाँ जीवन अलि बिस्तारै चल्छ र मुस्कानहरू अलि बढी स्वतन्त्र रूपमा प्रस्तुत हुन्छन् । सन १९६० मा खोलिएको निसि एई स्टेशन, कागोशिमा प्रान्तको क्युशु रेलवे कम्पनी द्वारा संचालित इबुसुकी माकुराजाकी लाइनको बिसौनी मध्ये एक हो, र धेरै पुराना-स्कूल मार्गहरू आज पनि यहाँ प्रयोगमा छन्। जहाँ अत्यन्तै व्यस्थ समयमा पनि कर्मचारीहरु यात्रुहरुलाई शिर निहुराएर अभिवादन गर्दछन् । र ट्रेन गुड्दै गर्दा हात हल्लाएर शुभयात्रा भन्न समेत भ्याउँदछ्न । हेर्नुहोस
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन







